काठमाडौं– जिल्ला प्रशासन कार्यालय स्याङ्जाले निषेधाज्ञाको अवधि साउन २९ सम्म बढाएको छ। स्याङ्जामा हालैका दिनमा काेराेना संक्रमितको संख्या वृद्धि भएको जनाउँदै निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए।
यसअघि साउन १३ देखि जारी निषेधाज्ञा बिहीबार सकिएको थियो। शुक्रबारदेखि लागू हुने गरी निषेधाज्ञाकाे समय एक साता थपिएको क्षेत्रीले जानकारी गराए। राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिंडडुल गर्न समेत रोकिएको छ।
सार्वजनिक स्थलमा मास्क नलगाउने, सामाजिक भौतिक दूरी कायम नगर्ने/नगराउने र भेला, जम्मा, गोष्ठी, सेमिनार, भोजभतेरलगायत निषेधित क्रियाकलाप भए कानुनी कारबाही गरिने प्रशासनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।