काठमाडाैं- आगामी साउन २७ गते मंगलबारका दिनपर्ने कृष्ण जन्माष्टमीका दिन ललितपुरको मंगल बजारस्थित कृष्ण मन्दिर बन्द हुने भएको छ। कोरोना भाइरसको महामारी फैलिरहेका कारण मन्दिर बन्द गरिने भएको हाे।
ललितपुर महानगरपालिका सामान्य प्रशासन महाशाखा र मंगलटोल सुधार संघले संयुक्त विज्ञप्ति जारी गर्दै मन्दिर बन्द रहने जानकारी गराएका हुन्।
विज्ञप्तिमा भक्तजनलाई आ-आफ्नो घरभित्र नै पुजा गरेर परम्परालाई निरन्तरता दिन अनुरोध गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।