काठमाडौं– पूर्वमन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ। बस्नेतका बुबा खड्गबहादुर बस्नेतको ८४ वर्षको उमेरमा गए राति महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
स्वर्गीय बस्नेत देश, लोकतन्त्र र आम नागरिकको हितमा समर्पित रहँदै आएको कांग्रेस संसदीय दलको शोक वक्तव्यमा उल्लेख छ। बस्नेतको निधनले कांग्रेसलाई अपुरणीय क्षति पुगेको प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यसैबीच बस्नेतको निधनप्रति नेपाली कांग्रेस सिन्धुपाल्चोकले दुःख व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।