काठमाडौं- सरकारले सरकारी, समुदायिक तथा निजी कार्यालयहरुमा बैठक, गोष्ठी, सेमिनार तथा अन्य जमघट तुरुन्त बन्द गर्न अपिल आग्रह गरेको छ।
काठमाडौंमा संक्रमण बढेसँगै यस्तो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी गराए।
यदि बन्द गर्न नमिल्ने भए भर्चुअल माध्यमबाट बैठक, गोष्ठी, सेमिनार तथा अन्य जमघट गर्न मन्त्रालयले अपिल गरेको छ।
संक्रमणको जोखिम बढेको भन्दै सरकारले यसअघि नै काठमाडौं उपत्यका लगायत २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।