चितवन- चितवनकाे ईच्छाकामना गाउँपालिका ६ जलविरे झरनामा पाैडी खेल्दा बेपत्ता भएकाकाे शव फेला परेकाे छ। बुधबार पाैडी खेल्दा बेपत्ता भएका ईच्छाकामना गाउँपालिका ४ स्याकल्याङ्कका अन्दाजी वर्ष २० का अभिषेक मगरकाे शव फेला परेकाे हाे।
सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट गएकाे १२ जनाको उद्धार टोलीले बुधबार नै उनकाे शव फेला पारेकाे हाे। अभिषेककाे शव ईलाका प्रहरी कार्यालय मुग्लिनबाट खटीएको प्रहरीको टोलीलाई बुझाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।