काठमाडाैं- ललितपुरको बङ्गामुखी केन्द्रविन्दु भएर बुधबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो साढे ४ बजे ३.५ रेक्टरको भूकम्प गएको हो।
भूकम्पको धक्का उपत्यकाका विभिन्न स्थानमा महसुस गरिएको थियो। सानो म्याग्नीच्युडको भूकम्प भएपनि केन्द्रविन्दु नजिक भएकाले धक्का महसुस गरिएको हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।