• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सचिवालय र महाधिवेशनमा ओलीको जोड किन?

नेपाल लाइभ ब्रिफिङ
64x64
किशोर दहाल बुधबार, साउन २१, २०७७  ०८:५२
1140x725

काठमाडौं- दलभित्रको विवाद निरुपणका लागि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड गत आइतबारदेखि निरन्तर संवादमा छन्। झलनाथ खनाल र सुवास नेम्वाङको साथमा चलेको छलफलले विवाद निरुपणका विकल्पहरु पत्ता लगाउनुको सट्टा आफ्ना अडानलाई नै दोहोर्‍याइरहेका छन्।

संवादमा प्रचण्डले दुईमध्ये कम्तीमा एक पदबाट राजीनामा दिएर सहमतिको वातावरण बनाउन र स्थायी कमिटीको बैठकको मिति तय गर्न ओलीलाई आग्रह गरेका छन्।

ओलीले भने स्थगित स्थायी कमिटीको बैठकले तुरुन्तै निरन्तरता नपाउने र केन्द्रीय कमिटी पनि नबोलाउने स्पष्ट पारिसकेका छन्। बरु, विवादका विषयलाई सचिवालय बैठकबाट निरुपण गर्नुपर्ने उनको विकल्प छ।

प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामाको विषयलाई ओलीले खारेज गर्दै आएका छन्। नेतृत्व परिवर्तनको कुरा महाधिवेशन गरी टुंग्याउन सकिने विकल्प उनले प्रस्तुत गरेका छन्। सबै विवादको टुंगो महाधिवेशनबाट लगाउनुपर्ने उनको भनाई छ। उनले मंसिरमै ‘अर्ली’ महाधिवेशन गर्ने प्रस्ताव गत साउन ३ गतेको सचिवालय बैठकमै राखिसकेका छन्। ‘अर्ली’ महाधिवेशन सम्भव नभए पनि नियमित महाधिवेशन चैतमा गर्ने टुंगो गत  माघमा बसेको केन्द्रीय कमिटीले लगाएको छ।

सचिवालय बैठकमा प्रधानमन्त्रीको रुची देखिनुको पछिल्लो कारण हो- वामदेव गौतमको ‘यु-टर्न’।

यो पनि पढ्नुहोस्

वामदेवको प्रस्ताव-बाँकी अवधिभर ओलीलाई प्रधानमन्त्रीको जिम्मेवारीमंगलबार, साउन १३, २०७७

नेकपा विवाद चर्किँदै गइरहेको र सहमतिको खास बिन्दु पत्ता नलागिरहेको अवस्थामा गत साउन १३ गते गौतमले ६ बुँदे प्रस्ताव अघि सारे। ‘पार्टी विग्रह तत्काल रोक्नका लागि दुवै अध्यक्ष समक्ष राखेको प्रस्ताव’ भनिएको उनको प्रस्तावले मुलतः ओलीलाई फाइदा पुर्‍याउने देखिन्छ। आफूलाई भेट्न आउने नेताहरुलाई पनि गौतमले पार्टी नफुटोस् भनेर त्यस्तो प्रस्ताव राखिएको बताउने गरेका छन्।

प्रस्तावमा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने, प्रधानमन्त्रीको दैनन्दिनका कामहरुमा पार्टीले हस्तक्षप नगर्ने लगायतका विषय छन्, जसले ओलीलाई प्रत्यक्ष फाइदा पुर्‍याउँछ। ओलीले प्रधानमन्त्रीमा आफ्नो निरन्तरता होस् र त्यसमा पार्टीले हस्तक्षप नगरोस् भनेर उठाइरहेकै विषय हो।

गौतमको यही प्रस्तावका कारण ओलीले सचिवालय बैठकमा जोड दिएका हुन्। त्यसका दुई कारण छन्। पहिलो, गौतमकै प्रस्तावलाई नै केन्द्रमा राखेर सचिवालयमा सहमति खोज्ने प्रयास हुनसक्छ, जसबाट आफूलाई फाइदा पुग्ने ओलीले बुझेका छन्। दोस्रो, सचिवालयमा ओलीलाई गौतमको साथ। गौतम ओलीको कडा आलोचक हुन् तर जब उनको प्रस्ताव नै ओलीपक्षीय छ भने त्यसबाट सिर्जित अप्रत्यक्ष समीकरणले ओलीलाई बलियो बनाउने छ। आफू बलियो बनेकै बेलामा बैठक बसाउन र सहमति गराउन सकियोस् भन्ने ओलीले सोच्नु स्वभाविक हो।

Ncell 2
Ncell 2
nimb
nimb

ओलीको दुवै पदको निरन्तरतामा ईश्वर पोखरेल, बिष्णु पौडेल, रामबहादुर थापा बादल यसअघि नै खुलिसकेका छन्। गौतम पनि यही लहरमा थपिएपछि सचिवालयमा ओली पक्ष बलियो बनेको देखिन्छ।

यो पनि पढ्नुहोस्

ओलीलाई अप्ठ्यारो पर्दा गौतमको सधैं साथबुधबार, साउन १४, २०७७

सचिवालय बैठकमा सहमति नगरी स्थायी कमिटीमा गइयो भने त्यहाँ आफ्नो कडा आलोचना हुने ओलीलाई थाहा छ। उनको काम कारबाहीको आलोचक रहेकाहरुले पहिलेदेखि नै आलोचना गरिरहेकै छन्। असार १४ गते सरकार ढाल्न भारत सक्रिय छ र त्यसलाई पार्टीभित्रकै नेताहरुले सघाएका छन् भन्ने उनको अभिव्यक्तिले झन् चर्को बनेको आलोचना साउन १३ गतेको प्रकरणले ‘आगोमा घ्यू’ थपे जस्तो भएको छ।

गत साउन १३ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक ओलीले एकतर्फी स्थगित गरिदिएका थिए। तर, प्रचण्ड, खनाल र माधव नेपाल पक्षका २९ सदस्य र दुई वैकल्पिक सदस्यसहित बालुवाटारमै बैठक बसेका थिए। ओलीले बैठक स्थगित गर्दा र बहुमत सदस्यले आफ्नो बैठक बस्दा पनि बैठकको अर्को मिति भने तोकेका थिएनन्। बहुमत सदस्यको बैठकले ओलीसँग सल्लाह गरी स्थायी कमिटीको बैठकको मिति तय गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो।

यस्तो पृष्ठभूमिका बीच, निश्चित सहमति नगरी स्थायी कमिटी बैठक बसियो भने आफ्नो आलोचनाका लागि कुनै कोण बाँकी नरहने ओलीलाई थाहा छ। त्यसैले उनी सचिवालयमै विवादको विषय टुंग्याउने पक्षमा छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ओलीको अर्को प्रस्ताव ‘अर्ली’ महाधिवेशनमा पनि ओलीले फाइदैफाइदा देखेका छन्। मुख्य नेताहरु ‘अर्ली’ महाधिवेशनमा सहमत भए भने अहिले उठेका विवादका कैयौं विषयहरु बहसबाट बाहिरिन्छन्। तिनको जवाफ दिनुपर्ने र चित्त बुझाउनुपर्ने झन्झटबाट ओली तत्काललाई मुक्त हुनेछन्। किनकि, सबै समस्याको समाधान खोज्ने अन्तिम बिन्दु नै महाधिवेशन हो भनिन्छ। जसअनुसार, नेकपाको मुख्य बहस नै महाधिवेशनमा केन्द्रित हुन्छन्।

मुख्य कुरा त सबैभन्दा सकसपूर्ण बनेको राजीनामाको विषय ओझेल पर्छ। को नेतृत्वमा रहने भन्ने कुरा महाधिवेशनले नै निर्क्यौल गर्छ। त्यतिबेलासम्मको अवस्था आफू अनुकूल भयो भने ओलीले पुनः अध्यक्षमै दाबी गर्न सक्छन्। मुख्यतः अध्यक्षका लागि प्रचण्ड र माधव नेपालबीच नेतृत्वको लागि संघर्ष हुनसक्ने सम्भावना भएकाले वैकल्पिक र स्वीकार्य पात्रका रुपमा ओलीले नै नेतृत्वमा निरन्तरता पाउनसक्छन्।

गौतमको ६ बुँदे प्रस्तावमा पार्टी महाधिवेशनसम्म ओलीको अध्यक्ष पद पनि निरन्तर रहने उल्लेख छ। यसले महाधिवेशनका बेला आन्तरिक समीकरण र नेतृत्व परिवर्तन हुने संकेत गर्छ। नेतृत्वमा निरन्तरताका लागि  ओलीलाई प्रतिकूल अवस्था निम्तियो भने उनले ‘एउटै कक्षा नदोहोर्‍याउने’ भनेर पूर्ववाचा पुष्टि गर्न पाउनेछन्।

नेकपाभित्रको अहिलेको विवाद निरुपण महाधिवेशनकै विषयमा सहमति भएर हुनसक्ने कतिपयको बुझाई छ। त्यसका लागि शिर्ष नेताहरुबीच केही भद्र सहमति हुनसक्ने छ। तर, नेकपाको संगठनात्मक भद्रगोल र वैचारिक अन्योलताले महाधिवेशन अझै लामो समयसम्म नहुने सम्भावना भने प्रबल छ। त्यसो भयो भने ओलीको पदावधि झनै लम्बिन सक्छ।

यो पनि पढ्नुहोस्

नेकपा विवाद जहाँको त्यहीँमंगलबार, साउन २०, २०७७

प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  ०८:५२
  • #नेकपा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आयोजित पार्टी गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले रोजगारीक... आइतबार, कात्तिक ८, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ गर्दै उनले दुई दलबीच राजनीतिक कार्यशैली र सुशासनप्रतिको... शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले जनतासँग प्रत्यक्ष संवाद गरेर गुनासा,... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढीपछि अवरुद्ध बेनिघाट–तातोपानी सडक बल्ल खुल्यो आइतबार, कात्तिक ८, २०८३
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने आइतबार, कात्तिक ८, २०८३
खेल पत्रकारहरु भन्छन्– एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो आइतबार, कात्तिक ८, २०८३
एनपीएल ३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने आइतबार, कात्तिक ८, २०८३
भोलिबाट एनपिएल–३ः चम्कदै विदेशी ‘स्टार', कता जाँदैछ नेपालका उदीयमान युवाहरूको भविष्य ? आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्