• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सचिवालय र महाधिवेशनमा ओलीको जोड किन?

नेपाल लाइभ ब्रिफिङ
64x64
किशोर दहाल बुधबार, साउन २१, २०७७  ०८:५२
1140x725

काठमाडौं- दलभित्रको विवाद निरुपणका लागि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड गत आइतबारदेखि निरन्तर संवादमा छन्। झलनाथ खनाल र सुवास नेम्वाङको साथमा चलेको छलफलले विवाद निरुपणका विकल्पहरु पत्ता लगाउनुको सट्टा आफ्ना अडानलाई नै दोहोर्‍याइरहेका छन्।

संवादमा प्रचण्डले दुईमध्ये कम्तीमा एक पदबाट राजीनामा दिएर सहमतिको वातावरण बनाउन र स्थायी कमिटीको बैठकको मिति तय गर्न ओलीलाई आग्रह गरेका छन्।

ओलीले भने स्थगित स्थायी कमिटीको बैठकले तुरुन्तै निरन्तरता नपाउने र केन्द्रीय कमिटी पनि नबोलाउने स्पष्ट पारिसकेका छन्। बरु, विवादका विषयलाई सचिवालय बैठकबाट निरुपण गर्नुपर्ने उनको विकल्प छ।

प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामाको विषयलाई ओलीले खारेज गर्दै आएका छन्। नेतृत्व परिवर्तनको कुरा महाधिवेशन गरी टुंग्याउन सकिने विकल्प उनले प्रस्तुत गरेका छन्। सबै विवादको टुंगो महाधिवेशनबाट लगाउनुपर्ने उनको भनाई छ। उनले मंसिरमै ‘अर्ली’ महाधिवेशन गर्ने प्रस्ताव गत साउन ३ गतेको सचिवालय बैठकमै राखिसकेका छन्। ‘अर्ली’ महाधिवेशन सम्भव नभए पनि नियमित महाधिवेशन चैतमा गर्ने टुंगो गत  माघमा बसेको केन्द्रीय कमिटीले लगाएको छ।

सचिवालय बैठकमा प्रधानमन्त्रीको रुची देखिनुको पछिल्लो कारण हो- वामदेव गौतमको ‘यु-टर्न’।

यो पनि पढ्नुहोस्

वामदेवको प्रस्ताव-बाँकी अवधिभर ओलीलाई प्रधानमन्त्रीको जिम्मेवारीमंगलबार, साउन १३, २०७७

नेकपा विवाद चर्किँदै गइरहेको र सहमतिको खास बिन्दु पत्ता नलागिरहेको अवस्थामा गत साउन १३ गते गौतमले ६ बुँदे प्रस्ताव अघि सारे। ‘पार्टी विग्रह तत्काल रोक्नका लागि दुवै अध्यक्ष समक्ष राखेको प्रस्ताव’ भनिएको उनको प्रस्तावले मुलतः ओलीलाई फाइदा पुर्‍याउने देखिन्छ। आफूलाई भेट्न आउने नेताहरुलाई पनि गौतमले पार्टी नफुटोस् भनेर त्यस्तो प्रस्ताव राखिएको बताउने गरेका छन्।

प्रस्तावमा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने, प्रधानमन्त्रीको दैनन्दिनका कामहरुमा पार्टीले हस्तक्षप नगर्ने लगायतका विषय छन्, जसले ओलीलाई प्रत्यक्ष फाइदा पुर्‍याउँछ। ओलीले प्रधानमन्त्रीमा आफ्नो निरन्तरता होस् र त्यसमा पार्टीले हस्तक्षप नगरोस् भनेर उठाइरहेकै विषय हो।

गौतमको यही प्रस्तावका कारण ओलीले सचिवालय बैठकमा जोड दिएका हुन्। त्यसका दुई कारण छन्। पहिलो, गौतमकै प्रस्तावलाई नै केन्द्रमा राखेर सचिवालयमा सहमति खोज्ने प्रयास हुनसक्छ, जसबाट आफूलाई फाइदा पुग्ने ओलीले बुझेका छन्। दोस्रो, सचिवालयमा ओलीलाई गौतमको साथ। गौतम ओलीको कडा आलोचक हुन् तर जब उनको प्रस्ताव नै ओलीपक्षीय छ भने त्यसबाट सिर्जित अप्रत्यक्ष समीकरणले ओलीलाई बलियो बनाउने छ। आफू बलियो बनेकै बेलामा बैठक बसाउन र सहमति गराउन सकियोस् भन्ने ओलीले सोच्नु स्वभाविक हो।

Ncell 2
Ncell 2
nimb
nimb

ओलीको दुवै पदको निरन्तरतामा ईश्वर पोखरेल, बिष्णु पौडेल, रामबहादुर थापा बादल यसअघि नै खुलिसकेका छन्। गौतम पनि यही लहरमा थपिएपछि सचिवालयमा ओली पक्ष बलियो बनेको देखिन्छ।

यो पनि पढ्नुहोस्

ओलीलाई अप्ठ्यारो पर्दा गौतमको सधैं साथबुधबार, साउन १४, २०७७

सचिवालय बैठकमा सहमति नगरी स्थायी कमिटीमा गइयो भने त्यहाँ आफ्नो कडा आलोचना हुने ओलीलाई थाहा छ। उनको काम कारबाहीको आलोचक रहेकाहरुले पहिलेदेखि नै आलोचना गरिरहेकै छन्। असार १४ गते सरकार ढाल्न भारत सक्रिय छ र त्यसलाई पार्टीभित्रकै नेताहरुले सघाएका छन् भन्ने उनको अभिव्यक्तिले झन् चर्को बनेको आलोचना साउन १३ गतेको प्रकरणले ‘आगोमा घ्यू’ थपे जस्तो भएको छ।

गत साउन १३ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक ओलीले एकतर्फी स्थगित गरिदिएका थिए। तर, प्रचण्ड, खनाल र माधव नेपाल पक्षका २९ सदस्य र दुई वैकल्पिक सदस्यसहित बालुवाटारमै बैठक बसेका थिए। ओलीले बैठक स्थगित गर्दा र बहुमत सदस्यले आफ्नो बैठक बस्दा पनि बैठकको अर्को मिति भने तोकेका थिएनन्। बहुमत सदस्यको बैठकले ओलीसँग सल्लाह गरी स्थायी कमिटीको बैठकको मिति तय गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो।

यस्तो पृष्ठभूमिका बीच, निश्चित सहमति नगरी स्थायी कमिटी बैठक बसियो भने आफ्नो आलोचनाका लागि कुनै कोण बाँकी नरहने ओलीलाई थाहा छ। त्यसैले उनी सचिवालयमै विवादको विषय टुंग्याउने पक्षमा छन्।

Xtrem

Xtrem

ओलीको अर्को प्रस्ताव ‘अर्ली’ महाधिवेशनमा पनि ओलीले फाइदैफाइदा देखेका छन्। मुख्य नेताहरु ‘अर्ली’ महाधिवेशनमा सहमत भए भने अहिले उठेका विवादका कैयौं विषयहरु बहसबाट बाहिरिन्छन्। तिनको जवाफ दिनुपर्ने र चित्त बुझाउनुपर्ने झन्झटबाट ओली तत्काललाई मुक्त हुनेछन्। किनकि, सबै समस्याको समाधान खोज्ने अन्तिम बिन्दु नै महाधिवेशन हो भनिन्छ। जसअनुसार, नेकपाको मुख्य बहस नै महाधिवेशनमा केन्द्रित हुन्छन्।

मुख्य कुरा त सबैभन्दा सकसपूर्ण बनेको राजीनामाको विषय ओझेल पर्छ। को नेतृत्वमा रहने भन्ने कुरा महाधिवेशनले नै निर्क्यौल गर्छ। त्यतिबेलासम्मको अवस्था आफू अनुकूल भयो भने ओलीले पुनः अध्यक्षमै दाबी गर्न सक्छन्। मुख्यतः अध्यक्षका लागि प्रचण्ड र माधव नेपालबीच नेतृत्वको लागि संघर्ष हुनसक्ने सम्भावना भएकाले वैकल्पिक र स्वीकार्य पात्रका रुपमा ओलीले नै नेतृत्वमा निरन्तरता पाउनसक्छन्।

गौतमको ६ बुँदे प्रस्तावमा पार्टी महाधिवेशनसम्म ओलीको अध्यक्ष पद पनि निरन्तर रहने उल्लेख छ। यसले महाधिवेशनका बेला आन्तरिक समीकरण र नेतृत्व परिवर्तन हुने संकेत गर्छ। नेतृत्वमा निरन्तरताका लागि  ओलीलाई प्रतिकूल अवस्था निम्तियो भने उनले ‘एउटै कक्षा नदोहोर्‍याउने’ भनेर पूर्ववाचा पुष्टि गर्न पाउनेछन्।

नेकपाभित्रको अहिलेको विवाद निरुपण महाधिवेशनकै विषयमा सहमति भएर हुनसक्ने कतिपयको बुझाई छ। त्यसका लागि शिर्ष नेताहरुबीच केही भद्र सहमति हुनसक्ने छ। तर, नेकपाको संगठनात्मक भद्रगोल र वैचारिक अन्योलताले महाधिवेशन अझै लामो समयसम्म नहुने सम्भावना भने प्रबल छ। त्यसो भयो भने ओलीको पदावधि झनै लम्बिन सक्छ।

यो पनि पढ्नुहोस्

नेकपा विवाद जहाँको त्यहीँमंगलबार, साउन २०, २०७७

प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  ०८:५२
  • #नेकपा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले मुलुक गम्भीर आर्थिक, सामाजिक तथा भू–राजनीतिक संक्रमणबाट... आइतबार, असोज १८, २०८३
कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले कांग्रेस सभापति गगनकुमार थापा गणतन्त्र स्थापनाका लागि भए... आइतबार, असोज १८, २०८३
देश झन् अँध्यारोतर्फ गएको छ : अध्यक्ष राजेन्द्र लिङ्देन उनले हिजो कसैका विरुद्ध बोलेमा गोली आउने गरेको उल्लेख गर्दै अहिले गोलीको सट्टा सामाजिक सञ्जालमार्फत आक्रमण हुने गरेको बताए । आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
बाढी प्रभावितका लागि होन्डाको १ लाख अमेरिकी डलर सहयोग आइतबार, असोज १८, २०८३
नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी आइतबार, असोज १८, २०८३
कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल आइतबार, असोज १८, २०८३
देश झन् अँध्यारोतर्फ गएको छ : अध्यक्ष राजेन्द्र लिङ्देन आइतबार, असोज १८, २०८३
देश विकासका सन्दर्भमा आगामी १०-२० वर्षमा कहाँ पुग्ने भनेर अहिले नै योजना बनाऔं : भट्टराई आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्