• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ३०, २०८३ Sat, Aug 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

खेलमा बिध्रुप रूप : पदको झगडामा बक्सिङ संघ

ऋग्वेद शर्मा/सरोज तामाङ मंगलबार, साउन २०, २०७७  १८:४५
1140x725

काठमाडौं- नेपाली खेलकुदमा संघहरुको विवाद नयाँ होइन। साधरणसभा नजिकिँदा विवाद बढ्ने र मिलिजुलि राजनीति गर्ने बेला विवाद मिल्ने भइरहन्छ नै। त्यस्तै अवस्थाबाट बढिरहेका हुन्-क्रिकेट, फुटबल, तेक्वान्दो, कराते, जिम्न्यास्टिक, कबड्डीलगायतका धेरै संघहरु।

विवाद देखिएकै कुरा गर्दा त लगभग सबै संघ त्यो शृङ्खलामा अटाउँछन् नै। पछिल्लो समय भने नेपाल बक्सिङ संघ त्यस्तै विवादमा रुमल्लिएको छ। एक समय नेपाललाई राम्ररी पदकमा बढाउन सक्ने बक्सिङको अहिलेको कमजोर अवस्था यस्तै विवादको मिलिजुली राजनीतिका कारण नै हो। 

बक्सिङ संघभित्रको विवाद के हो त? सजिलै बुझिने गरी भन्दा -‘पदमा आफैं हुनुपर्‍यो र भाग मैले नै पाउनुपर्‍यो भन्ने राजनीति।’  

खेलाडीको अवस्था र उनीहरुको भविष्यमा तात्विक फरक पर्ने गरी केही काम गर्न नसक्ने संघहरु ठाउँ ओगटेर किन विवादमा रुमल्लिरहन्छन् त? उत्तर छ-घुमाउरो पाराले गर्न सकिने कमाइ र संघमार्फत् बढाउन सकिने आफ्नो राजनीति। 

बक्सिङ संघको चार वर्षे कार्यकाल गएको जेठ २२ गते सकिइसकेको छ। कोरोना माहामारीका कारण अहिले साधरणसभा हुन सकेको छैन। साधरणसभामा आफ्नो पकड बनाउनकै लागि चार वर्ष अघिदेखिकै विवाद अहिले सतहमा आएको छ। 

आर्थिक विवरण उहाँहरुले गोजी गोजीमा लिएर हिँड्नु भएको छ। चित्त नबुझे त भन्नु पर्यो नी। जसरी हुन्छ डुबाउनेतिर लाग्नु भएको छ। यो उजुरी पहिले पनि दिनु भएको थियो। हामीले कार्यबाहक कोषाध्यक्ष किन बनाउनु पर्यो भन्ने कुरा सबैलाई थाहा छ।

त्यसको पछिल्लो उदाहरणका रुपमा महासचिव सबिन भट्टाचार्यले निकालेको विज्ञप्तिलाई लिन सकिन्छ। उनले संघमा अनियमितता भएको बताउँदै केन्द्रीय कार्यसमितिमा नै आफूमाथि दुव्र्यवहार भएको समेत उल्लेख गरेका छन्। 

बक्सिङ संघमा अहिले अध्यक्ष राम अवाले र महासचिव भट्टाचार्यबीचको दुई समूह देखिएको छ। एक समूहले अर्कालाई आरोप प्रत्यारोप गर्ने क्रम पनि बढिरहेको छ। कांग्रेस बलियो रहेको संघमा अध्यक्ष र महासचिव दुवै कांग्रेसनिकट रहँदारहँदै पनि नेकपा हाबी हुँदै जाँदा विवाद बढेको टिप्पणी पनि भइरहेकै छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

कोषाध्यक्ष र महासचिवलाई नै अधिकारबाट बञ्चित गराएको, वार्षिक साधरणसभा नै नगराएको, पारिवारिक समूहका रुपमा काम गरेको, आर्थिक अपारदर्शिताका साथै कोरोनाको समय भेला गर्नु हुँदैन भन्ने तर पूर्ण कार्यसमितिको बैठक बोलाउने जस्ता काम गरेको आरोप महासचिव भट्टाचार्य पक्षको छ। 

विशेष गरी अध्यक्ष राम अवाले निर्णयमा बढ्न नसक्ने र उनकै सोझोपनको फाइदा उठाएर संघमा सदस्य रहेका उनका भाइ श्याम अवाले हाबी भएकाले अवस्था बिग्रँदै गएको अर्को समूहको बुझाइ छ। संघका निर्वाचित कोषाध्यक्ष गौतम सुजखुलाई हटाएर सदस्य राम गिरीलाई कार्यवहाक कोषाध्यक्ष बनाएका कारण संघमा व्यापक आर्थिक अनियमितता भएको आवाज सदस्यहरुले उठाइरहेका छन्। 

पहिले २६ वटा जिल्लामा रहेका संघहरुमा पछिल्लो समय महाधिवेसनमा सहज बनाउन अध्यक्ष राम अवाले पक्षले आफूखुसी १४ वटा जिल्लामा गठन गरेको आधिकारिता नभएको आवाज उठिरहेको देखिन्छ। पछिल्लो समय सिन्धुली, सप्तरी, उदयपुर, दार्चुला, रुपन्देही, धनकुटा, अर्घाखाँची, रुकुम, डोटी, बैतडी, डडेल्धुरा, अछाम, कपिलवस्तु र तेह्रथुममा भएको गठनमा प्रश्न उठिरहेको हो। 

राम अवाले समूह भने भट्टाचार्य समूहले आर्थिक प्रतिवेदनमा सहमति जनाएर पास गर्नेतिर नभई बहाना बनाएर कालोसूचिमा राख्न खोजिरहेको, कोषाध्यक्ष अन्य व्यक्तिबाट परिचालित भएको आरोप लगाउँछन्। 

हामी फेल हुने अवस्थामा छौं। मैले धेरै पटक भनिसकेको छु। हाम्रो कारणले नेपाली बक्सिङ दुर्घटनामा पर्यो भने हामी सबै जिम्मेवार हुनै पर्छ। अब सच्याउनु पर्छ। सच्चिनु पर्छ।

‘अध्यक्षज्युले आर्थिक हिनामिना गर्नु भएको छैन। अध्यक्षज्युले बक्सिङको विकास गर्न ठूलो आर्थिक सहयोग चाहिँ गर्नु भएको छ। यो कार्यकाललाई बदनाम गर्न, कालो सुचिमा राख्नका लागि महासचिवज्युहरुले आरोप लगाउनु भएको हो। आर्थिक प्रतिवेदन पास गर्ने नभइ विभिन्न बखेडा झिक्नु भएको छ’ केही दिनअघि बक्सिङ संघ सदस्यबाट राजीनामा दिएका दीपक महर्जन बताउँछन्। 

‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७’ कार्यान्वयनमा आएपछि खेल प्रशिक्षक संघमा रहन नपाउने भएपछि उनले संघ सदस्यबाट राजीनामा बुझाएका थिए। 

नयाँ ऐनको दफा ४६ मा उल्लेख भएअनुसार खेल संघले प्रत्येक वर्ष आफूले गरेका काम कारबाही तथा आय व्ययको विवरणसहितको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र खेलकुद मन्त्रालयमा पेश गर्नुपर्ने बाध्यकारी नियम रहेको छ। 

यस्तोमा कोषाध्यक्षको अधिकार खोसेर कार्यकारी कोषाध्यक्ष खडा गरी काम गरिरहेको बक्सिङ संघलाई वार्षिक प्रतिवेदनमा आयव्ययको यकिन विवरण राखी पेश गर्न नै समस्या हुने देखिएको छ। त्यसैले एक पक्ष आफूले काम नै गर्न नपाएको विवरणमा प्रतिवेदनमा मन्जुरी नदिने पक्षमा छ भने अर्को पक्ष प्रतिवेदन पास गराउन सबै लाग्नुपर्ने अडानमा छ। 

यो सबै अवस्थालाई बक्सिङ संघका अध्यक्ष राम अवाले स्वयम नाटक जस्तो भएको संज्ञा दिन्छन्। ‘यो नाटक जस्तै भएको छ। हामी त बक्सिङको विकासमा अडान लिएर लागि परिरहेका छौं। तर बक्सिङको विकास देख्न नचाहनेले विरोध गरिरहेका छन्’ उनले सुनाए।

महासचिव भट्टाचार्य आफूहरुले विवाद मिलाउने प्रयास गरिरहेको तर एकपक्षीय काम गराइले अप्ठ्यारो भइरहेको बताउँछन्। ‘विवाद त पहिलेदेखि नै हो। मिलाउन खोजिएको खोजिएकै हो। विगत लामो समयदेखि कोषाध्यक्षले आफ्नो पद सञ्चालन गर्न नपाएको अवस्था र महासचिवलाई पनि कुनै किसिमको जानकारी नदिई अध्यक्षले एकपक्षीय रुपमा संघ चलाएको अवस्था छ’ उनले भने। 

पछिल्लो विवादका सम्बन्धमा अध्यक्ष अवाले र महासचिव भट्टाचार्य दुवैको विचार हामीले बुझ्ने प्रयास गरेका छौँ। उनीहरुको बोलि उनीहरुकै शब्दमा- 

राम अवाले (अध्यक्ष, नेपाल बक्सिङ संघ)
यो नाटक जस्तै भएको छ। हामी त बक्सिङको विकासमा अडान लिएर लागि परिरहेका छौं। तर बक्सिङको विकास देख्न नचाहनेले विरोध गरिरहेका छन्।

ऐतिहासिक नतिजा मेरै कार्यकालमा भएको छ। यो कुरा दुनियाँले देखेको छ। दक्षिण एसियाली खेलकुद प्रतियोगिताको नतिजा हेर्नुहोस्। अन्तर्राष्ट्रिय प्रतियोगितामा मेडल ल्याएको अवस्था हेर्नुहोस्। तीन स्वर्ण, समान ६-६ रजत र कास्य पदक गरी १५ पदक जितेको अवस्था छ। हामीले भन्नुभन्दा पनि ब्यबहारले देखाएको छ। यहाँ विवाद गर्नु पर्ने कारण नै छैन। तर आरिश गर्नेहरुले देखी सहेनन्।

आर्थिक पारदर्शिता क्लियर छ। हाम्रो कार्यकालको आर्थिक पारदर्शिता राखेपलाई पनि थाहा छ। तर महासचिव लगायतका पक्षले अलमल गराएर फसाउन खोजिएको हो। योभन्दा अगाडिको कार्यकाल चलाउनेले आर्थिक पारदर्शिता गरेको थिएन। हामीले पटक पटक पत्र काट्दा पनि विभिन्न बहाना बनाउने गरेका छन्। २३ लाख २५ हजारको आर्थिक बेरुजु देखिन्छ अघिल्लो कार्यकालमा तर हाम्रो कार्यकालमा त्यस्तो छैन।

आर्थिक विवरण उहाँहरुले गोजी गोजीमा लिएर हिँड्नु भएको छ। चित्त नबुझे त भन्नु पर्यो नी। जसरी हुन्छ डुबाउनेतिर लाग्नु भएको छ।

यो उजुरी पहिले पनि दिनु भएको थियो। हामीले कार्यबाहक कोषाध्यक्ष किन बनाउनु पर्यो भन्ने कुरा सबैलाई थाहा छ। कोषाध्यक्ष गौतम सुजखु कसैबाट परिचालित भएको हुँदा हामीले उहाँको सट्टा कार्यबाहक कोषाध्यक्ष बनायौं। उहाँले जानी जानी बक्सिङ संघविरुद्ध लागेको हुँदा हामी सबै मिलेर गरेको निर्णय नै थियो। राखेपबाट पनि स्वीकृति लिएका थियौं।

हामीले सबैसँग सल्लाह गरेर नै १४ वटा जिल्लामा बक्सिङ संघ गठन गरेका हौं। कार्यसमितिबाट स्वीकृति भइसकेको छ। विधानसंबत् नै छ। कुनै विवाद नै छैन। यो कुरामा तर महासचिवज्युले लगाएको आरोप बेकार हो। यसको औचित्य छैन।

बक्सिङको विकास गर्न मलाई चाहना छ। सबैले साथ र सहयोग गरेमा म फेरि अध्यक्षमा उठ्छु। अहिलेसम्म सबैबाट साथ पनि पाइरहेकै छु। हामीले यो कार्यकाल झैझगडा मै बितायौँ। आगामी कार्यकाल बक्सिङको विकास गर्न सबै मिलेर जानु पर्छ। यस्तो परिस्थितिमा पनि बक्सिङमा नेपालले यस्तो प्रगति भयो भने झन सबै जुटेर जाँदा धेरै प्रगति हुन्छ। हामी बक्सिङमा लिने भनेर होइन दिने भनेर आउनु पर्यो। म यहाँ लिन हैन दिन आएको हुँ।

बक्सिङको विवाद समाधान भनेको बैठकमा आउँदै नआउने अनि बोलाइएन भन्ने होइन। सबै जना बसेर बैठकबाट अगाडि बड्नु पर्छ। पहिल्यै मनमा खोट लिएर आएर बक्सिङको विकास हुँदैन।

सविन भट्टचार्य (महासचिव, नेपाल बक्सिङ संघ)
विवाद त पहिलेदेखि नै हो। मिलाउन खोजिएको खोजिएकै हो। विगत लामो समयदेखि कोषाध्यक्षले आफ्नो पद सञ्चालन गर्न नपाएको अवस्था र महासचिवलाई पनि कुनै किसिमको जानकारी नदिई अध्यक्षले एकपक्षीय रुपमा संघ चलाएको र अहिले आर्थिक प्रतिवेदन पास गर भनेर जबरजस्ती गरेको हो। अध्ययन नगरी, नपढी आर्थिक प्रतिवेदन पास गर्न सकिँदैन भन्दा उहाँहरुले गुण्डा शैलीमा बैठकबाट जा तँ भन्ने किसिमको धम्की दिने भएको हुँदा यो विवाद बाहिर आएको हो।

बैठकमा मैले के भनेको हुँ भने, बहुमतले भनेकै कुरा म लेख्दिन्छु। तर मैले असहमति जनाउन पाउने अधिकार छ। म असहमति जनाउँछु भनेको हुँ।

गौतम सुजखु निर्वाचित कोषाध्यक्ष थिए। तर उनलाई हटाएर रामबहादुर गिरीलाई कार्यबाहक कोषाध्यक्षको जिम्मा दिएको छ। तर हाम्रो विधानमा सह-कोषाध्यक्ष र कार्यबाहक कोषाध्यक्ष भनेर परिकल्पना पनि गरिएको छैन। विधानले नदिए पनि उहाँहरुले राष्ट्रिय खेलकुद परिषद्को एकजना कर्मचारीको मिलेमतोमा बैंकमा चिठी पठाएर कार्यहरु गरिरहनु भएको छ।

हाम्रो लडाईं भनेको आर्थिक पारदर्शिता छैन भन्नेमा हो। कोषाध्यक्षले काम गर्न नपाएको अवस्थामा उनलाई ल्याएर मात्रै आर्थिक प्रतिवेदन पास गर्छु भन्ने सन्दर्भमा विवाद निस्किएको हो।

साउन १५ गते बैठक भएको थियो। उहाँहरुले गुण्डागर्दी शैलीमै मलाई हातपात गर्न खोजियो। बैठकबाट छोडेर जानु पर्ने अवस्था आयो। मैले बैठक छोडेर गएपछि उहाँहरुले घरमा गएर अर्को निर्णय गर्नु भएको छ रे बहुमतले। त्यो बहुमतको निर्णयले कार्यबाहक कोषाध्यक्षले नै आर्थिक प्रतिवेदन पेश गर्ने भएको छ रे। यो निर्णय नियम र विधानविरुद्ध भएको हुँदा मैले राखेपमा उजुरी दिएको छु। राखेपले छानविन गर्छ होला। गरेन भने म राखेपविरुद्ध पनि मुद्दा हाल्छु। मैले साउन १८ गते छानविन गरी पाउँ भनी उजुरी दिएको छु।

यो चाहिँ अध्यक्ष राम अवालेको राजनीति पनि हो। उहाँहरुले संघ सञ्चालन गर्नका लागि हामीलाई आरोप लगाउनु हुन्छ। विवादको अर्को खास कुरा के हो अध्यक्षज्युले आफूखुशी १४ वटा जिल्लामा बक्सिङ संघ गठन गर्नु भएको छ। त्यो जिल्लाहरुमध्ये ४ वटा जिल्लाबाहेक अन्य जिल्लामा बक्सिङ गतिविधि केही पनि भएको छैन। भोटको लागि उहाँले १४ वटा जिल्ला गठन गर्नु भयो।

गठन भएको जिल्लाहरुलाई चाहिँ मान्यता दिन्न भन्दै प्रेस विज्ञप्ति नै निकाल्नु भयो संघको लेटर प्याटमा। जबकी बक्सिङ संघमा कुनै निर्णय नै भएको छैन। आफूखुशी निकाल्नु भएको छ। उहाँले गरेको चाहिँ सबै कुरा ठिक रे। बास उहाँलाई भोट आउने जिल्ला हुनुपर्यो। जहाँ जहाँ जिल्लामा राम्रो बक्सिङ सञ्चालन भएको छ त्यहाँ उहाँहरुले विवाद गर्नु भयो।

हाम्रो भनाई के हो भने, जिल्लाले आफै गठन गर्छ। हामीले हस्तक्षेप गर्नु हुँदैन। भोट कसलाई हाल्छ, कसलाई हाल्दैन भन्ने कुरा उहाँहरुलाई नै छोडिदिउँ। राम अवालेले राम्रो काम गर्यो भने त भोट हाली हाल्छ नी। किन हाल्दैन। आखिर म अध्यक्ष उठ्ने होइन। उहाँहरु गलत काम गर्नु हुन्छ। सबैलाई निषेध गर्नु हुन्छ। भोटको राजीनित गर्नु हुन्छ।

मेरो मान्यता भनेकै जो अध्यक्षमा उठोस् राम्रो मान्छे उठोस्। त्यसलाई भोट हाल्नु पर्छ। बक्सिङलाई एक जुट भएर लानु पर्छ। निषेधको राजनीति गर्नु भएन। हाम्रो अध्यक्षज्युले एकदम गुट सिर्जना गुर्न भयो। मलाई राजनीति आउँदैन। म राजनितिज्ञ होइन पनि। तर उहाँले निषेध गर्दा गर्दा धेरै गुट बनिसकेको छ। देशब्यापी नै उहाँको विरुद्धमा मञ्च खडा भएको छ।

हामी त अध्यक्षज्युले राम्रो काम गरेकोमा समर्थन गर्छौ। अध्यक्षज्यु पास हुँदा हामी पनि पास हो, उहाँ फेल भए हामी पनि फेल। अध्यक्षज्युले राम्रो गरेको कामको श्रेय हामीले पनि पाउने हो।

बैठक भोलि बिहान ८ बजे गर्नु छ भने मलाई म्यासेज गर्छ राति ९ बजे। म हेटौडाबाट कसरी आइपुग्न सक्छु? बैठकमा नआओस् भनेर नै उहाँले यस्तो गर्नु भएको हो।

हाम्रो कुरा भनेको आर्थिक पारदर्शिता हो। त्यस्तै कोषाध्यक्षको अधिकार मिच्नु भएको छ। कोषाध्यक्षलाई आफ्नो काम र कर्तब्य गर्न दिनु पर्छ। र महासचिवलाई एउटा पनि पत्र आएको छैन। संघमा भएको गतिविधिको अहिलेसम्मको जानकारी मलाई दिइएको छैन। यो सबै कुरा मिलाएर जानु पर्छ। निकास भनेको यही हो।

हामी फेल हुने अवस्थामा छौं। मैले अध्यक्षज्युलाई धेरै पटक भनिसकेको छु। हाम्रो कारणले नेपाली बक्सिङ दुर्घटनामा पर्यो भने हामी सबै जिम्मेवार हुनै पर्छ। अब सच्याउनु पर्छ। सच्चिनु पर्छ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  १८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
शशांक भन्छन्: नयाँ पार्टी खोल्ने पक्षमा छैन, देउवाकै नेतृत्वमा नियमित महाधिवेशन हुन्छ शनिबार, साउन ३०, २०८३
कांग्रेसको विद्रोही पक्षले सार्वजनिक गरेको आर्थिक सामाजिक नीतिमा के छ ? शनिबार, साउन ३०, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
कांग्रेसको विधान संशोधनमा युवादेखि डिजिटल सदस्यतासम्मका प्रस्ताव(पूर्णपाठ) शनिबार, साउन ३०, २०८३
सात विश्व कीर्तिमान बनाएका डा.आशिष विष्ट भन्छन् : देशमै केही गर्न चाहन्छु शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्