कपिलवस्तु- कपिलवस्तुकाे मायादेवी गाउँपालिकाबाट स्राेत नखुलेकाे १६ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। गाउँपालिकाकाे वडा नम्बर ४ बाट साेही गाउँपालिकाका ३८ वर्षीय विनाेद साेनार पक्राउ परेका हुन्।
भारतबाट नेपाल आउँदै गरेका साेनारलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट चाकडचौडाबाट खटिएको एपिएफ टोलीले मंगलबार पक्राउ गरेकाे हाे। पक्राउ परेका सोनारलाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।