काठमाडाैं- अनाधिकृतरूपमा यात्रु ओसारपसार गर्ने ४ जना सवारी चालक पक्राउ परेका छन्। प्रवेश सवारी पासविना काठमाडाैं आउँदै गरेका बा १८ च ७४१७, बा १६ च ६११, बा १६ च ४७३७ र बा १५ च ७४६४ नम्बरको सवारीका चालक पक्राउ परेका हुन्।
महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा साेमबार थानकोट-चित्लाङ सडक खण्डमा पर्ने काठमाडाैंकाे चन्द्रागिरि नगरपालिका ४ गोदामचोकबाट उनीहरुलाई नियन्त्रणमा लिएकाे हाे। उनीहरुले अनाधिकृतरूपमा कूल ३३ जना यात्रुहरू ओसारपसार गरेको पाइएकोले संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाइएको प्रहरीले जनाएकाे छ।
बा १८ च ७४१७ नम्बरको सवारी चालक काठमाडाैं १६ का वर्ष ३३ का सुदिप बस्नेत, बा १६ च ६११ नम्बरको सवारी साधनका चालक तारकेश्वर ९ का वर्ष ४७ का दिपक थापा, बा १६ च ४७३७ नम्बरको सवारी साधनका चालक दोलखा भिमेश्वर ९ का वर्ष ४० का चित्र श्रेष्ठ र बा १५ च ७४६४ नंम्बरको सवारी साधनका चालक सिन्धुपाल्चोक बलेफी १ का वर्ष २३ का विष्णु काजी खड्कालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे।
महानगरीय प्रहरी वृत्त थानकोटबाट हालसम्म विभिन्न २५ वटा सवारी साधन तथा चालकहरू विरूद्द यस प्रकारको कसूरमा संक्रामक रोग ऐन २०२० अन्तर्गत काराबाहीकाे लागि जिल्ला प्रशासन कार्यालय काठमाडाैं पठाइएकाे प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।