काठमाडौं- पूर्व सूचना तथा सञ्चारमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतको टोलीले मेलम्ची घटनाको अवलोकन गरेका छन्।
मेलम्ची घटना भएको थाहा पाउनासाथ इन्द्रेणी कार्यक्रमका संयोजक कृष्ण कडेंलसहितको टोली लिएर पूर्वमन्त्री बस्नेत मेलम्ची आएका हुन्। गएराति आएको पहिरोले पुरिएर वीरगन्ज घर भई मेलम्चीमा मजदुरी गरिरहेका ८ जनाको मृत्यु भएको थियो भने १ जनाको ४ घण्टा पछि जीवितै उद्धार गरी उपचारको लागि काठमाडौं लगिएको छ।
पूर्वमन्त्री बस्नेतले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई धैर्य भएर बस्न आग्रह गरे। त्यस्तै चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीका संयोजक कृष्ण कडेंलले घटनामा मृत्यु भएकाहरूलाई प्रतिपरिवार २० हजारका दरले सहयोग गर्ने घोषणा गरेका छन्। नेता बस्नेतले यस अघिपनि जिल्लामा घटेका हरेक घटनाहरूमा स्वयं उपस्थित हुँदै सहयोग गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।