• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

एसिड पीडित युवतीका तीन सवाल : आर्थिक समस्या, कमजोर कानुन र सरकारको दायित्व

64x64
नेपाल लाइभ सोमबार, साउन १९, २०७७  १८:४८
1140x725

काठमाडौं- एसिड पीडित युवतीहरूले एसिड आक्रमण गर्ने अपराधीहरुलाई कडा सजायको माग गरेका छन्। उनले विद्यमान कानुनले पीडितको पीडा महसुस गर्न नसक्ने भएकाले कानुनमै सुधान गर्न समेत माग गरेका छन्।

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले सोमबार गरेको पीडित तीन युवतीहरु मुस्कान खातुन, जेनी खड्का तथा संगिता मगर सहित गृह मन्त्रालय; महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय तथा राष्ट्रिय महिला आयोगका प्रतिनिधिसहित गरेको छलफलमा पीडित तिनै युवतीले आफ्नो भोगाई बताएका हुन्।

उनीहरुले आफ्नो आर्थिक अवस्थादेखि कमजोर कानुनी व्यवस्थाका कारण भविष्यमा यस्ता घटनाहरु दोहोरिने सम्भावनाहरुका विषयमा चिन्ता व्यक्त गरेका हुन्।

'अहिले पनि म हप्ताको २ पटक अस्पताल जानुपर्छ। म एकदम चिन्तित छु, मेरो अपरेशन कहाँबाट हुन्छ भनेर। कतैबाट पनि सहयोग आएको छैन। यतिखेर मेरो बाबाको काम पनि छैन। मैले गर्दा मेरोसँगै भाइबहिनीको पनि पढाई रोकिएको छ', मुस्कान खातुनले भनिन्।

उनले आर्थिक अभावका कारण डाक्टरले दिनमा चार पाँच पटक लगाउनु भनेको औषधि पनि एक पटक मात्रै लगाउने गरेको बताइन्।

अर्की पीडित जेनी खड्काले आर्थिक समस्याकै कारण आफूले १५ दिन बढी अस्पतालमै बिताउनुपरेको बताइन्। 'डिस्चार्ज गर्ने पैसा नभएर म अस्पतालमा १५ दिन त्यतिकै बस्नुपर्‍यो। पछि एकजना दिदीले फेसबुकमा पोस्ट गरिदिनुभयो र सहयोग जुट्यो', उनले भनिन्।

पीडित युवतीहरुले कानुनमा सुधार गर्न समेत आग्रह गरेका छन्। 'कानुन नै बलियो बनाउनुपर्छ। त्यो भयो भने हामीमाथि भएजस्तो आक्रमण अरुलाई हुँदैन। कानुन बलियो नहुँदा ममाथि आक्रमण भएको पाँच वर्ष भइसक्दा पनि यस्तो घटना निरन्तर भइसकेको छ', संगित मगरले भनिन्।

उनले आक्रमणकारीले आफूलाई खासै सजाय नहुने भएकाले मनोबल उच्च बनाउने गरेको बताइन्। खड्काले त खास सजाय नहुने भएकैले आफूले अदालत धाउन पनि छाडिदिएको बताइन्। 'म अहिले अदालत भएको छैन। यो मुद्दा एक वर्षदेखि चलिरहेकै छ। अहिलेसम्म सुनुवाइ भएको छैन। मलाई त्यहाँ जानै मन छैन। उसलाई सजाय होस् वा नहोस्, मलाई मतलबै छैन। किनकि, मैले पढेअनुसार एक त पाँच वर्षदेखि आठ वर्षसम्मको सजाय, त्यो पनि अनुहारै कुरुप भएको छ भने। अरु अंगको त अर्थ नै छैन। मेरो त हात र घाँटीभर छ। अलिकति अनुहार बचेको छ, मेरो भाग्यले हो। उसलाई सजाय दिन मेरो अनुहार कुरुप बनाउनु? त्यो त भएन नि। जहाँ परे पनि पीडा त उस्तै हो नि', उनले थपिन्, 'क्षतिपूर्ति पनि एक लाखदेखि पाँच लाखसम्मको छ। त्यो पनि चाहिँदैन। त्यसले हुनेवाला केही छैन।'

Ncell 2
Ncell 2
nimb
nimb

खड्काले एसिड आक्रमण भयो भने उसको उपचारको जिम्मेवारी सरकारले लिनुपर्ने बताइन्। 

खातुनले पनि सरकारले उपचारको व्यवस्था गरिदिनुपर्ने बताइन्। 'सरकारले पीडितले चाहेअनुसार जागिरको पनि व्यवस्था गर्नुपर्‍यो। र, पढ्ने व्यवस्था गरिदिनुपर्‍यो', उनले थपिन्।

उनले आफूमा देशको लागि केही गर्ने सपना सानेदेखि रहेको र अहिले पनि त्यही सपना लिएर अघि बढेको बताइन्। 'यस्तो घटना भयो तर पनि मेरो सपनालाई टुट्न दिएको छैन। जसरी भए पनि पूरा गर्छु। त्यो अपराधीले मेरो मुख जलाएको छ, मेरो सपना जलाएको छैन। म यसरी नै अगाडि बढ्छु, सबैजनाको हौसल्ला पाएर म धेरै नै बलियो भएको छु', उनको भनाई छ।

खातुनले एसिड बेच्नेलाई पनि कारबाहीको माग गरिन्।

Xtrem

Xtrem

उनले आफूहरुको पिडा बुझ्न सबैलाई आग्रह गरिन्। 'हाम्रो दाग जाँदैन, जीवनभरिका लागि बस्छ। त्यसैले म भन्न चाहन्छु, अपराधीलाई जन्मकैद नै हुनुपर्छ', उनको भनाई छ, 'सबैभन्दा ठूलो पीडा हाम्रो आमाबाबुलाई हुन्छ। किनकि, हाम्रो बिग्रेको अनुहारले हामीलाई भन्दा आमा बुबालाई रुवाउँछ।'

प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  १८:४८
  • #एसिड-पीडित
  • #एसिड-आक्रमण
  • #महिला-समिति

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै
कांग्रेसको बन्दसत्र अपराह्न ४ बजे सुरु हुने
बिर्तामोडमा भीषण आगलागी, पाँच घर जलेर नष्ट
सम्बन्धित सामग्री
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै बुधबार, असोज २१, २०८३
कांग्रेसको बन्दसत्र अपराह्न ४ बजे सुरु हुने बुधबार, असोज २१, २०८३
बिर्तामोडमा भीषण आगलागी, पाँच घर जलेर नष्ट बुधबार, असोज २१, २०८३
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता बुधबार, असोज २१, २०८३
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्