म्याड्रिड- ला लिगाको दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड फेरि बराबरीमा रोकिएको छ। म्याड्रिडलाई रियल बेटिसले गोलरहित बराबरीमा रोकेको हो।
म्याड्रिड पछिल्ला पाँच मध्ये २ खेलमा बराबरीमा रोकिदा १ खेलमा पराजित भएको छ।
बेटिस विरुद्धको खेलमा प्रशिक्षक डिएगो सिमोन्सले पहिलो टिममा ७ खेलाडीलाई आराम दिएका थिए। आगामी बिहिबार आर्सनल विरूद्ध हुने युरोपा लिगको सेमिफाइनलमा भिड्नुअघि पहिलो रोजाइका खेलाडीलाई आराम दिइएको हो।
एट्लेटिको बराबरीमा रोकिएसँगै शीर्ष स्थानको बार्सिलोना उपाधि नजिक पुगेको छ। अब बार्सिलोनाले आगामी आइतबार डिपोर्टिभो लाकोरुनासँग बराबरी खेल ला लिगाको उपाधि जित्ने छ।
ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले ३३ खेलबाट ८३ अंक जोडेको छ। दोस्रो स्थानको एट्लेटिकोको ३४ खेलबाट ७२ अंक भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।