काठमाडाैं- रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ लाख रुपैयाँ ठगी गर्ने चितवनकी कमला कुमारी थापा पक्राउ परेकी छन्।
चितवनमा लुकिछिपी बस्दै आएकी उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। उक्त रकम लिई सम्पर्क विहीन भएकाे भन्दै लक्ष्मी देवकोटाले दिएकाे जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेकाे हाे।
थापालाई चितवनबाट थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।