काठमाडौं– अमेरिकामा कम्पनी दर्ता गरिदिन्छु भनेर ठगी गर्ने एक अमेरिकन नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा डेनियल लि म्यागी छन्।
उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले क्षेत्रपाटीबाट आइतबार पक्राउ गरेको हो। उनले भक्तपुर सूर्यविनायकका टुकनारायण श्रेष्ठको अल्टास सेक्युरेटी प्रालिलाई अमेरिकामा समेत दर्ता गरिदिन्छु भनेर १० लाख रकम ठगी गरेको महाशाखाले जनाएको छ।
साथै उनले सुजन थापा र सन्दीप कार्कीलाई समेत बिजनेश भिषामा अमेरिका लान्छु भनेर ५ लाख ठगी गर्ने प्रयास गरेको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।