डडेल्धुरा- डोटीस्थित सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत विनय सिंहको शव फेला परेको छ। शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका बझाङ स्थायी घर भएका एचए सिंहको शव शिखर नगरपालिका–१० बान्डुङ्ग्रीसैन भन्ने ठाउँमा फेला परेको हो। उनको शव सोमबार दिउँसो बगेको ठाउँबाट १ किलोमिटर तल फेला परेको डोटीका एसपी जनकराज पाण्डेयले जानकारी दिए।
यसअघि डडेल्धुराको परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरिश जोशीको शव डोटीको केआईसिंह गाउँपालिका ३ बासतडा भन्ने ठाउँमा फेला परेको थियो। एसपी पाण्डेयका अनुसार घटनास्थलभन्दा निकै टाढा जोशीको शव आइतबार फेला परेको थियो भने विनयको शव नजिकै भेटिएको हो। विनयको शव स्थानीयले देखिपछि प्रहरीलाई खबर गरेका थिए। सिंहको शवलाई पोस्टमाटर्मका लागि डडेल्धुरा अस्पताल ल्याइँदैछ।
डडेल्धुरा अस्पतालमा कार्यरत चारै जना बिहानै शैलश्वरी मन्दिर दर्शनका लागि गएका थिए। मन्दिर दर्शन गरी फर्किँदा नुहाउने क्रममा उनीहरुमध्ये तीन जनालाई नदीले बगाएको थियो। शनिबार डोटीस्थित शैलश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर नगरपालिका १० सेती किनार गहनानमा नुहाउन गएका चार जनामध्ये तीन जनालाई सेतीले बगाएको हाे।
बगेकामध्ये खगेन्द्र कुँवरलाई स्थानीयले उद्धार गरेका थिए भने हरिश र विनय बेपत्ता भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।