• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

विश्व बैंकले तयार पार्‍याे त्रिशुली बेसिन आयोजनाको एकीकृत प्रभाव मूल्यांकन प्रतिवेदन

३६ वटै आयोजनालाई समन्वय गरेर जान सुझाव
64x64
नेपाल लाइभ सोमबार, साउन १९, २०७७  १३:१०
1140x725

काठमाडौं- विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले त्रिशुली बेसिनमा बनिरहेका जलविद्युत् आयोजनाहरुको विस्तृत रुपमा अध्ययन गरी एकीकृत प्रभाव मूल्यांकन प्रतिवेदन (सिआइए) तयार पारेको छ। त्रिशुली रिभर बेसिनमा प्रस्तावित र निर्माणको विभिन्न चरणमा रहेका गरी ३६ वटा आयोजनाहरुको सामाजिक र वातावरणीय प्रभाव मूल्यांकन गर्दै आइएफसीले ती सबै आयोजनालाई समन्वयात्मक रुपमा अघि बढ्न सुझाव दिएको छ।

त्रिशुली बेसिनमा बनिरहेका आयोजनाका प्रवर्द्धक तथा विकासकर्ता कम्पनीहरुलाई समन्वयात्मक रुपमा अगाडि बढ्न ‘त्रिशुली हाइड्रोपावर डेभलपर्स फोरम’ (टिएचडिएफ)को गठनका लागि पहल गर्न आइएफसी अध्ययन प्रतिवेदनको सुझावमा भनिएको छ। टिएचडिएफ गठनपछि त्रिशुली बेसिनमा पर्ने आयोजना प्रभावित क्षेत्रको वातावरण र त्यहाँ रहेका मानिसहरुको व्यवस्थापनमा सहज हुने पनि आइएफसीले जनाएको छ।

आयोजनाका प्रवर्द्धकहरु, जग्गा धनी, नेपाल विद्युत् प्राधिकरण, वन तथा भूसंरक्षण विभाग, वातावरण विभागलगायत सरोकारवाला र अरु सरकारी निकायहरुसमेत राखेर यस्तो फोरम बनाइनु पर्ने सिआइए प्रतिवेदनमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिवेदनले पूर्वाधार विकाससँग सम्बन्धित वातावरणीय र सामाजिक चुनौतीहरुलाई सम्बोधन गर्न समग्र त्रिशुली बेसिनलाई समेट्ने गरी योजना बनाउन पनि सिफारिस गरेको छ। विना योजना काम गर्दा जलवायु परिवर्तन, बाढी, पहिरो, भूक्षयलगायतका समस्याहरु सिर्जना हुने भएका कारण एकीकृत प्रभाव मूल्यांकन गरेर माछालगायत चजलरहरुको संरक्षणका लागि पनि ध्यान दिनुपर्ने र प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित बासस्थानको प्रबन्ध गरिनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ।

जग्गा अधिग्रहणसँग सम्बन्धित काम गर्दा अनधिकृत रुपमा ढुंगा तथा बालुवा खानी संचालनसँग सम्बन्धित गतिविधि बढ्ने भएकाले यसतर्फ ध्यान दिन पनि प्रतिवेदनले सुझाएको छ। त्रिशुली बेसिनमा हाल प्रस्तावित जलविद्युत् आयोजनाहरु निर्माण गर्नका लागि ६ सय ४० हेक्टर क्षेत्रफल जमिनको आवश्यकता पर्ने देखिन्छ। यो संरचना निर्माणसँग सम्बन्धित क्षेत्रफल हो। प्रभावित क्षेत्र भने योभन्दा निकै बढी अर्थात ३२ हजार वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने देखिएको छ।

आइएफसीका ग्लोबर इन्भाइरोमेन्ट एण्ड सोसल हाईड्रोपावर लिड पाब्लो कार्डिनलले त्रिशुली बेसिनमा वातावरणीय र सामाजिक दृष्टिकोणको अभावमा गम्भीर संकट उत्पन्न हुनेतर्फ सोच्नपर्ने बेला आइसकेको बताए। ‘त्यहाँ पर्न सक्ने प्रभावहरु न्यूनीकरण गर्न परियोजनास्तरमा व्यक्तिगत प्रयासहरु कम हुन जान्छन्। जसका कारण जैविक विविधता, पारिस्थितिक प्रणाली र व्यक्तिको जनजीविकामा प्रत्यक्ष असर पर्न जान्छ। जसकारण सामूहिक प्रयासबाटै यी समस्याहरुलाई समयमै सुल्झाउनु आवस्यक छ,’ उनले भने।

आइएफसीका नेपाल, भुटान तथा बंगलादेशका कन्ट्री मेनेजर वेन्डि वर्नरले नेपाल दक्षिण एसियाको ‘पावर हाउस’ बन्ने सम्भावना बोकेको मुलुक भएपनि आयोजना बनाउँदा त्योसँग सम्बन्धित अरु आयामहरुबारे विस्तृतमा अध्ययन नगरिँदा दीर्घकालमा त्यसको गम्भीर असर भोग्नुपर्ने बताए। 

आइएफसीले एक वर्ष लगाएर अष्ट्रेलिया, नर्वे र जापान सरकारको समेत सहयोगमा त्रिशुली बेसिनमा रहेका जलविद्युत् आयोजनाको सम्भावित असरहरुको मूल्यांकन अध्ययन प्रतिवेदन तयार पारेको हो। आइएफसीले यसअघि नै २१६ मेगावाट उत्पादन क्षमताको माथिल्लो त्रिशुली –१ जलविद्युत् आयोजनाका लागि ६५ करोड अमेरिकी डलर बराबर प्रस्ताव गरिसकेको छ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो
भोटेकोशी बाढीमा हालसम्म १४ सय ५१ शव फेला, ४६ सय ५५ जना अझै बेपत्ता
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीमा हालसम्म १४ सय ५१ शव फेला, ४६ सय ५५ जना अझै बेपत्ता सोमबार, असोज ५, २०८३
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना सोमबार, असोज ५, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सोमबार, असोज ५, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कृषिमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्