काठमाडौं- आइतबार एउटै जहाजमार्फत् विदेशमा महिनौँदेखि अलपत्र अवस्थामा रहेका १४ शव ल्याइएको छ। नेपाल एयरलाईन्सको जहाजमार्फत् मलेसियामा अलपत्र अवस्थामा रहेका १४ शव नेपाल ल्याइएको हो।
आइतबार नै कतारबाट समेत ४ शव ल्याइएको छ। लकडाउनसँगै अन्तराष्ट्रिय उडान बन्द हुँदा विदेशमा अलपत्र अवस्थामा रहेका २ सयभन्दा बढी शव स्वदेश ल्याइसकिएको छ।
परिवारको सहमतिमा १६५ शव भने विदेशमा नै अन्त्येष्टि गरिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ। विदेशमा अझै ७० भन्दा बढी शव अलपत्र छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।