काभ्रे- काभ्रेको मण्डनदेउपुर नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। रक्षा बन्धन तथा जनैपूर्णिमाको अवसरमा नगरपालिकाले एक दिन बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले जानकारी दिए।
सातौं नगरसभाले सार्वजनिक बिदा दिने निर्णय गरेको हाे। साताैं नगरसभाको निर्णयअनुसार बिदा दिएको उनले जानकारी दिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।