म्यानचेस्टर- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले रवाफिलो जित हात पारेको छ। आइतबार भएको खेलमा सिटीले स्वान्सी सिटीलाई ५-०गोलले पराजित गरेको हो।
पाँच खेलअघि च्याम्पियन बनेको सिटीका खेल पूर्णरुपमा हाबीमा लिएको थियो। सिटीका लागि पाँच फरक खेलाडीले गोल गरे। जसमा डेभिस सिल्भाले १२, रहिम स्टर्लिङले १८, केभिन डे ब्रुइनले ५४, बेर्नान्डो सिल्भाले ६४ र ग्राभियल जेससले ८८ मिनेटमा गोल गरेका थिए।
त्यसअघि आर्सनलले पनि प्रभावशाली जित निकाल्यो। आर्सनलले वेस्ट ह्याम युनाइटेडमाथि ४-१ गोलको जित निकालेको। खेलमा भएका पाँचै गोल दोस्रो हाफमा भएका थिए। आर्सनलका लागि मोनरियलले ५१ मिनेटमा गोल गरे। ६४ मिनेटमा वेस्ट ह्यामका अर्नउटोभिकले बराबरी गोल फर्काए। आरोन राम्सेले ८२ मिनेटमा गोल गरेर आर्सनललाई दोस्रो पटक अग्रता दिलाए। लाकाजेटीले ८५ र ८९ मिनेटमा गरी २ गोल गरेपछि आर्सनलले फराकिलो जित हात पारेको हो।

लिगको अर्को खेलमा स्टोक सिटी र वर्नलीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
लिगको उपाधि जितिसकेको सिटीको ३४ खेलबाट ९० अंक भएको छ। दोस्रो स्थानको म्यानचेस्टस युनाइटेडको ३४ खेलबाटै ७४ अंक छ भने ३५ खेलबाट ७१ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा छ। टोटनह्याम ३४ खेलबाट ६८ अंक जोड्दै चौथो, चेल्सी ६३ अंक जोड्दै पाँचौ र आर्सनल ५७ अंकसहित छैटौ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।