धनगढी- कैलालीको भजनी नगरपालिकामा आएको बाढीमा बगेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ।
कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार अविरल वर्षापछि बेपत्ता भएका भजनी नगरपालिका- ८ जनकपुर गाउँका ९ वर्षीय इजीकेल चौधरी मृत फेला परेका हुन्।
यस्तै, वडा नम्बर ८ बस्ने ३३ वर्षीय चक्र बहादुर विक, काँडाढिक गाउँका ४० वर्षीय ईश्वर शाह अझै बेपत्ता रहेका छन्। प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अनुपम शमशेर जवराले अन्य बेपत्ता भएका व्यक्तिको खोजीकार्य भइरहेको बताए।
उनले बुधबार बेपत्ता भएका टंक शाही, हेमन्त शाही, विकी शाह, बल बहादुर चौधरीको सकुशल उद्धार गर्न सफल भएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।