• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

विश्व बाघ दिवस : बाघ संरक्षणमा आशलाग्दो उपलब्धि

64x64
रासस बुधबार, साउन १४, २०७७  ११:३५
1140x725

काठमाडाैं- यस वर्षको विश्व बाघ दिवस कोभिड–१९ सङ्क्रमणका कारण नेपालमा आज सामान्यरुपमा मनाइँदै छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिवसका अवसरमा सरोकारवाला सीमित व्यक्तिको सहभागितामा केन्द्रीय कार्यक्रम बबरमहलमा आयोजना गरेको छ। यसबाहेक बाघ पाइने चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि स्थानीयस्तरको कार्यक्रम गर्न लागेको विभागले जनाएको छ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुरुप आज नेपालमा पनि यो दिवस मनाउन लागिएको हो। नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै आएको छ। नेपाललगायत विश्वका १३ देशमा पाटेबाघ पाइन्छ। विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सेन्टपिटर्सवर्ग सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो।

सो प्रतिबद्धताअनुसार नेपालले सन् २००९ को गणना अनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १२१ लाई दोब्बरभन्दा पनि बढी २५० वयस्क बाघ पुर्‍याउने प्रतिबद्धता गरेको थियो। जुन लक्ष्य हासिल हुने दिशामा नजिक रहेको विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्रालयले गत वर्ष पछिल्लो राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको थियो। उक्त गणनाअनुुसार नेपालमा बाघको सङ्ख्या २३५ पुगेको छ। तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए। यस गणनाका क्रममा क्यामेरामा देखिएका बाघका बच्चाको सङ्ख्या नसमेटिएकाले सन् २०२२ मा नेपालको लक्ष्य पूरा हुने निश्चित देखिएको उनकाे दाबी छ।

विभागले पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोगले सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म पछिल्लो बाघगणना गरेको थियो। नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको विभागको तथ्याङ्क छ। नेपालमा बाघ संरक्षणमा देखिएको सफलता र यसको सङ्ख्यामा भएको वृद्धिलाई विश्व समुदाय नै प्रशंसा गरेको छ।

Xtrem
Xtrem

नेपालको तराई–भूपरिधि क्षेत्रमा सर्वेक्षण गरिएको १६ हजार १६१ वर्गकिमि क्षेत्रमध्ये ११ हजार ५७ वर्ग किमि (६८ प्रतिशत) मा बाघको उपस्थिति रहेको देखिएको छ। बाघ पाइने संरक्षित क्षेत्रमध्ये ९८ प्रतिशत क्षेत्रमा बाघको उपस्थिति रहेको देखिएको छ। संरक्षित क्षेत्रभन्दा बाहिरको बाघ पाइने क्षेत्रमध्ये ६० प्रतिशत क्षेत्रमा मात्र सो प्रजातिको उपस्थिति रहेको तथ्याङ्कमा उल्लेख छ।

मुलुकले जैविक विविधता संरक्षणका क्षेत्रमा आशलाग्दो उपलब्धि हासिल भएकाले र बाघ गणनाको पछिल्लो नतिजाले पनि सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर (२५० वयस्क बाघ) पुर्‍याउने मुलुकको प्रतिबद्धता पूरा हुने विश्वास गरिएको छ तर बाघको चोरी शिकारी, बढ्दो मानव वन्यजन्तु द्वन्द्व, वन अतिक्रमणसँगै बासस्थान र आहारामा देखिएका कमीले बाघ संरक्षणमा चुनौती पनि कायमै छ।

विश्वभर बाघको सङ्ख्या तीन हजार ८९० रहेको छ। सन् २०१६ को तथ्याङ्कअनुसार सबैभन्दा बढी भारतमा दुई हजार २२६, सबैभन्दा कम लाओसमा बाघको सङ्ख्या दुई छ। इण्डोनेसिया, कम्बोडिया, चीन, थाइल्याण्ड, नेपाल, बङ्गलादेश, भारत, भुटान, भियतनाम, मलेसिया, म्यान्मा, रसिया र लाओसमा पाटेबाघ पाइन्छ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  ११:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
न्यायाधीश सिफारिसको विषयमा बोल्यो नेपाल बार: ‘समावेशी सिद्धान्त लत्याइयो’ बुधबार, असोज २१, २०८३
सञ्चारमन्त्री डा.तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको शिष्टाचार भेट बुधबार, असोज २१, २०८३
मुगुमा पहिरोले बोलेरो जिप पुरियो बुधबार, असोज २१, २०८३
अर्घाखाँचीमा २४ घण्टामा १०० मिलिमिटरभन्दा बढी वर्षा, यी जिल्लामा पनि भारी बुधबार, असोज २१, २०८३
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्