काठमाडौं- त्रिभुवन विश्वविद्यालयले शिक्षाशास्त्र संकायको परीक्षा भदौ अन्तिमबाट सुरु गर्ने भएको छ। लकडाउनका कारण स्थगित सेमेस्टर प्रणालीका स्नातक र स्नातकोत्तर तह (नियमित तथा आंशिक) का परीक्षा भदौ अन्तिमबाट सुरु गरिने भएको हो।
परीक्षा नियन्त्रण महाशाखाले निकालेको सूचनामा भदौ चौथो हप्तादेखि असोज अन्तिम हप्तासम्म परीक्षा सञ्चालन हुने उल्लेख गरिएको छ। परीक्षा तालिका भने महाशाखाले हालसम्म निकालेको छैन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।