प्रतीकात्मक तस्बिर
डडेल्धुरा- डडेल्धुरामा विषालु च्याउ खाँदा बालकको मृत्यु भएको छ भने ४ जना बिरामी परेका छन्। जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर ३ मा जंगलबाट ल्याएकाे विषालु च्याउ खाँदा ८ वर्षीय ललित धामीको मृत्यु भएको हो।
डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि धामीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउँदै गर्दा आइतबार बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव परीक्षणका लागि सेती अस्पताल कैलालीमा राखिएको छ।
च्याउ खाँदा उनकी आमा ४१ वर्षीया विस्ना धामी तथा ११, १३ र १७ वर्षीया तीन दिदीबहिनी बिरामी परेका छन्। उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।