काठमाडाैं- पूर्वाञ्चल विश्वविद्यालयले काेराेना भाइरसका कारण सिर्जित अवस्था सामान्य नभएसम्म परीक्षा नहुने जनाएकाे छ। विश्वविद्यालयले सूचना जारी गरेर भदौ दोस्रो साताबाट गर्ने भनिएकाे परीक्षा नगर्ने जानकारी गराएकाे छ।
'कोरोना संक्रमणकाे कारणले कतिपय जिल्लाहरुमा नेपाल सरकारले निशेधाज्ञासमेत जारी गरेकाे हुँदा यी सबै कुराहरुलाई मध्यनजर गर्दै अवस्था सामान्य भएपछि मात्र परीक्षाका तालिकाहरु प्रकाशित गरिने व्यहाेरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,' सूचनामा भनिएकाे छ।
सरकारले लकडाउन अन्त्य गरेसँगै भदौ पहिलो सातादेखि लामो दूरीका यातायात सञ्चालन गर्ने बताएपछि भदौ दोस्रो सातादेखि लकडाउनका कारण स्थगित परीक्षा सञ्चालन गर्ने तयारी विश्वविद्यालयकाे थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।