काठमाडौं– निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले कोभिड- १९ को रोकथाम र नियन्त्रण गर्न पिसीआर उपकरण हस्तान्तरण गरेको छ। एयरलाइन्सले संस्थागत सामाजिक उत्तर दायित्वसँग सम्बन्धित प्रतिबद्धताको हिस्साका रुपमा गत साता आम्दा अस्पताल दमक झापालाई पोर्टेबल भेन्टिलेटर र अन्य स्वास्थ्य सामाग्रीहरु र कोभिड– १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी) गुल्मीलाई पिसीआर उपकरण हस्तान्तरण गरेको छ।
१९ जुलाई २०२० मा हिमालय एयरलाइन्स्ले पिसीआर (एनएई-३२, आइसीटिओबी-१६) उपकरण र अन्य अत्यावश्यक स्वास्थ्य उपकरण तथा सामग्रीहरु ५१२०० थान डिस्पोजेबल मेडिकल मास्क, ६०६ थान मेडिकल फेस शिल्ड, ५७५ थान मेडिकल चस्मा, ४० थानमेडिकल इन्फ्रारेड थर्मोमिटर, ३५ जोर प्रोटेक्टिभ बुट र ५००० जोर डिस्पोजेबल पन्जा कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी) गुल्मीलाई प्रदान गरेको छ।
यी सम्पूर्ण स्वास्थ्य सामग्रीहरु परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले संयुक्तरुपमा गुल्मीस्थित सीसीएमसीको प्राङ्गणमा रेसुंगा नगरपालिकाका प्रमुख डिल्ली राज भुसाललाई हस्तान्तरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।