काठमाडौं– क्रिएशनको पहल र द कोका-कोला नेपालको समर्थनमा कोभिड- १९ महामारीमा पनि अग्रपंतिमा खटिएका सफाइकर्मीहरुको सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्दै ३२०० सफाइकर्मीहरुलाई खाद्यान्न र सुरक्षा सामग्री प्रदान गरिको छ।
कोभिड १९ महामारीमा अग्रपंतिमा खटिएका सफाइकर्मीहरुलाई सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्न क्रिएशन र कोका-कोला नेपालको संयुक्त पहलमा सफाइकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट जेठ २ गतेबाट सुरु गरेको थियो।
योजनाअन्तर्गतको अन्तिम चरणको वितरण कार्यक्रम सिराहमा सम्पन्न भएको कम्पनीले जनाएको छ। जहाँ ३७० सफाइकर्मीलाई गुणस्तरीय राशनको ३०० प्याकेज, औषधि, जागरुकता सामग्री र ग्लभ्स, बुट, पिपिईलगायत सुरक्षा सामग्रीहरु वितरण गरिएको कम्पनीको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।