बागलुङ नगरपालिका–१ रामरेखाको गणेशथान घुम्टीदेखि निरयघाट सडकमा शनिबार राति खसेको सुख्खा पहिराे। तस्बिर: खेमराज गौतम/रासस
बाग्लुङ- शनिबार राति बाग्लुङ नगरपालिका–१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिराेमा परी बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ। पहिराेमा ट्याक्टर पुरिँदा बेपत्ता भएका चालक रोशन भनिने धनबहादुर किसानको शव फेला परेको हो।
बागलुङ नगरपालिका–५ मालिकाका २५ वर्षीय किसान शनिबार रातिको पहिराेमा परी बेपत्ता भएका थिए। उनीसँगै बेपत्ता भएका अर्का एक टिपर चालकको खोजी भइरहेको प्रहरी निरीक्षक दीपक रेग्मीले जानकारी दिए।
सुख्खा पहिरो झरिरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ। पहिराेमा परी स्काभेटर, ट्याक्टर र टिपर पुरिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।