म्याड्रिड- बार्सिलोनाले लगातार चौथो पटक स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार विहान सम्पन्न फाइनलमा सेभिल्लामाथि ५-० गोलको सानदार जित निकाल्दै बार्सिलोना च्याम्पियन बनेको हो।
बार्सिलोनालाई च्याम्पियन बनाउन लुइस सुआरेजले १४ र ४० मिनेटमा गरी दुई गोल गरे। लिओनल मेसीले ३१ तथा आन्द्रेस इनिष्टाले ५२ मिनेटमा गोल गरे। काउन्टिन्होले ६९ मिनेटमा पेनाल्टीमार्फत अर्को गोल गर्दा बार्सिलोना फराकिलो जिततर्फ अघि बढेको थियो।

उपाधिसँगै युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा रोमासँग हार बेहोरेको बार्सिलोनालाई राहत मिलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।