• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

मेरो मानहानी गरेर 'उनीहरू'ले आफूलाई धर्मका अनुयायी भनेर चिनाए : गायिका सोफिया थापा [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, साउन १०, २०७७  १५:१५
1140x725

‘अबको तीज, नो व्रत प्लिज’ यिनै शब्दका कारण गायिका सोफिया थापाले विभिन्न डरधम्कीको सामना गुर्नपर्‍यो। तीजमा भोकभोकै श्रीमानको आयुकै लागि व्रत बस्नुपर्ने र खुट्टाको जल खानुपर्ने अन्धविश्वासको विरोध थापाको गीतमा गरिएको छ।

यही गीतलाई लिएर हिन्दू धर्म र संस्कारमाथि प्रहार भएको भन्दै एउटा तप्का नै थापाको विरोधमा लाग्यो। निरन्तरको धम्की र गाली गलौजपछि उनले बुधबार हाइलाइट्स नेपालले युट्युब च्यानलमा राखेको उनको गीत प्राइभेट गरिसकेको छ। यसै सन्दर्भमा नेपाल लाइभले गायिका सोफिया‍ थापासँग गरेको छोटो कुराकानीको सम्पादित अंश:

‘नो व्रत प्लिज’ यो गीत कसरी निकाल्नु भयो? 
लकडाउनले सिर्जना गरेको निराशा भित्रबाट आशा खोज्ने क्रममा आउँदै गरेको तीजप्रतिको आफ्नो अभिव्यक्ति दिन खोज्दा ‘नो व्रत प्लिज’ जन्मिएको हो।

गीत लेख्दै गर्दा हटाउनैपर्ने परिस्थिति आउन सक्छ, सोच्नुभएको थियो? 
गीत लेखन र कम्पोजिसन मैले २ दिनमै सकेकाले म उत्साहित भएकी थिएँ। यस्तो असहज परिस्थिति आउँछ भन्ने सोचेकै थिइनँ। 

हिन्दू महासंघलगायतका धार्मिक संस्थाले तपाईंको गीतको विरोध गरे। हटाउन लगाए। तपाईंले हटाउनुभयो पनि। कस्ता प्रतिक्रियाले तपाईं गीत हटाउन बाध्य हुनुभयो?  
अत्यन्त धेरै दबाब र धम्की २ दिनसम्म सामना गरें। पछि, दबाब झेल्न नसकी प्राइभेट गरेको हो। हाइलाइट्स नेपालले यो गीतको वितरण गरेको थियो। गीत हाइलाइट्स नेपालबाट हटे पनि अरु युट्युब च्यानलले डाउनलोड गरी प्रसारण गरी नै रहेका छन्। त्यसैले यो गीत धेरै नेपालीमाझ पुगेको छ। 

अरुको आस्थामाथि प्रहार गरेको सामाजिक सञ्जालकर्ताको आरोप छ। ‘नो व्रत प्लिज’ भन्ने शब्दमाथि धेरैको आपत्ति छ। यसलाई अरुले नबुझेको कि तपाईंले बुझाउन नसक्नु भएको? 
‘नो ब्रत प्लिज’ सबैले बुझ्नुभएको छ। यसमा नबुझिने कुरा केही पनि छैन। तीजको व्रत अर्थात् भोकै बसिने व्रत। भोकै बसेर नमानौं मात्र भनिएको हो। जहाँ भोकभोकै बसेर श्रीमानको लामो आयुको कामना गरिएको हुन्छ।

विरोध गर्नेहरू गीतले भनेको जस्तो समानताको आवाज चाहदैनन्। र, गीतले पुरातन विश्वास प्रणालीलाई धक्का दिएको नै हो। हिन्दू धर्म र मूल्यमान्यतालाई गीतले कतै पनि प्रहार गरेको छैन। 

गीत नै युट्युबबाट हटाइसकेपछि तपाईंमाथि मनोवैज्ञानिकलगायतका आक्रमण रोकिए?  
गीत जन्मियो, प्रसारण भइसक्यो। अब, यो आफ्नै सामर्थ्यतामा हुर्कनेछ। र, पूर्ण हुनेछ भन्ने मलाई विश्वास छ। तर ममाथि लगातार आइरहेको दबाब केवल गीत हटाउनका लागि मात्र होइन। मलाई माफी पनि माग्न लगाउनका लागि हो। 

Ncell 2
Ncell 2
nimb
nimb

लगातार धम्काएर आफ्नो शक्ति र अस्तित्वको प्रमाण देखाउन मेरो गीतलाई प्रयोग गरिरहँदा मलाई डर लागिरहेको छ। हाम्रो समाजमा शक्तिकै भरमा जायज कुरा गलत देखाउन कसरी लागी पर्छन् भन्ने अनुभव गरिरहेकी छु।  

तपाईंलाई आफ्नो तर्फबाट कमजोरी भयो भन्ने लाग्छ कि लाग्दैन? 
लाग्दैन। 

कमजोरी भयो भन्ने लाग्दैंन भने गीत किन हटाउनुभयो?
सूचना प्रविधिको सहज पहुँचका कारण कसैले पनि कसैको सिर्जना पूर्णतया निषेध गर्न सक्दैन। पुरातन विश्वास प्रणालीविरुद्ध संघर्ष गरी मेरो गीत बाँचिरहने छ। किनकि यो गीत अब मेरो व्यक्तिगत चाहनाको मात्र उपज रहेन। मेरो कमजोरी एउटै छ म गलत नियतलाई सफल हुन दिन सक्दिनँ। यो कमजोरी मेरा लागि नभएर उनीहरुका लागि हो, जो मलाई कमजोर बनाउन चाहन्छन्।

यो गीत अब फेरि अपलोड हुन्छ कि हुँदैन? 
मेरो अनुमति बिना थुप्रै च्यानलबाट गीत चलिरहेका छन्। यसमा मेरो केही भन्नु छैन्। गीतबाट पैसा कमाइहालौं, सब्स्क्राइब बढाइहालौंं भन्ने उदेश्य नभएको हुँदा मलाई व्यक्तिगत लाभको कुनै अपेक्षा यो गीतसँग छैन। गीतले एउटा विश्वास प्रणाली महिला स्वास्थ्य, समानताको लागि बहसको विषय छोडेको हुँदा मलाई खुशी लागेको छ।

Xtrem

Xtrem

कस्ता प्रतिक्रियाले बढी मन दुख्यो? 
गुप्त कारबाही गर्छौं, घरमै आएर तोडफेड गर्छौं, भौतिक कारबाही गर्छौं जस्ता धम्की धर्म तथा संस्कारका संरक्षक भन्नेहरुबाट आइरहँदा यो संविधानसम्मत छ त? यस्तो मेरो मानहानी गर्दा गर्दै उनीहरुले आफूलाई कसरी धर्मका अनुयायी भनेर चिनाएका होलान् भनेर मन दुख्यो।

मेरा वरपरका राम्रो सम्बन्ध भएका मानिसहरू सामान्य दिनचर्यामा बाँचिरहेका छन्। उनीहरुको शान्त मनस्थितिमा मप्रतिको सुरक्षाले मौन चिन्ता पैदा गर्दा दुःख लागेको छ। र त्यस्तै गीत/संगीत क्षेत्रका धेरै श्रष्टाहरुको मौनताले पनि मेरो मन दुखाएको छ।

अन्य कलाकारको प्रतिक्रिया कस्तो पाउनुभयो?
आफूलाई दमन र दबाब दिदाँ आफू पीडित भएको पिडा पोख्नेहरुले अर्को श्रष्टा पिडित हुँदा जायज बनाउन खोज्नु दोहोरो चरित्र हो। एउटा पीडितले अर्को पीडितको मर्मलाई नबुझ्ने हो भने कसरी समस्याको समाधान हुन्छ? 

केही सर्जक श्रष्टाबाहेक अधिकांश कलाकार मौन हुनुहुन्छ। यस्तो प्रवृत्ति श्रष्टाहरुलाई कमजोर बनाउने र भोलिका दिनमा अन्य श्रष्टाहरू पनि पिडित भइरहनेछन्।

तपाईंको पक्षमा पैरवी भएजस्तो लाग्छ कि लाग्दैन?
यो गीतले अभिव्यक्त गरेको अवधारणालाई निर्धक्क भएर स्वीकार्नेहरुले दरिलो आवाज दिइरहेका छन्। उनीहरुको पैरवी समानतामूलक, लोकतान्त्रिक र समृद्ध समाज निर्माणका लागि हो। र, यो गीतप्रति भइरहेको दमनको प्रयत्नले त्यस्तो समाज निर्माणमा अवरोध पुग्छ कि भन्ने मलाई आशंका छ।  

गीत सामान्य हो। तर यस्ले उठाएको बहस महत्वपूर्ण हो। गीत एक साधन हो। जस्ले अभिव्यक्ति स्वतन्त्रता, लैङगिक समानता, आडम्बर र तडक–भडक मुक्त समाजको परिकल्पनालाई सार्थक बनाउने सोचलाई अगाडि सारेको छ।

प्रत्यक्ष अप्रत्यक्ष निर्भीक भएर प्रगतिशिलताको लागि गीतको अस्तित्व जोगाउन लागि पर्नु भएका सम्पूर्ण चेतनशील अस्वित्वलाई मेरो सम्मानसहितको धन्यवाद छ।

अब फेरि गीत निकाल्न पनि धक लाग्छ होला नि है?
यो गीतअघि तयार पारेका थुप्रै गीतहरू मसँग तयारी अवस्थामा छन्। जुन विस्तारै आउने क्रममा छन्। ती गीतले प्रेम, सम्बन्ध र सौन्दर्यका पाटाहरूलाई अभिव्यक्त गरेका छन्।

सधैं यस्तै गीत बनाउन पर्छ भन्ने म मान्दिनँ। म सिर्जनशील मानिस हुँ निरन्तर गीत निकालिरहने छु। र, कलामार्फत् आफूलाई व्यक्त गर्नेछु। जस्का लागि म अझै सिक्न र आफूलाई निखार्न प्रयास गर्नेछु। 

तपाईंको परिवारबाट चाहिँ यो गीतप्रति कस्तो प्रतिक्रिया आयो?
मसँग त्यस्तो परिवार छ जो मेरो विचारलाई सम्मान गर्छ। बाध्यात्मक र लाद्ने प्रवृत्तिको अवधारणालाई अस्वीकार गर्ने मेरो परिवार नै मेरो उत्प्रेरणा हो। यो गीत मेरो जस्तै परिवारको अस्तित्व सबैको होस् भन्ने कामनाको लागि हो। जस्ले सरलता, स्वास्थ्य, समानता तथा मानवतालाई उच्च स्थान दिन्छ। यो गीत त्यस्तो परिवार र समाजको परिकल्पनाको गीत हो। 

प्रकाशित मिति: शनिबार, साउन १०, २०७७  १५:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश
प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता
सम्बन्धित सामग्री
२६ वर्षको संघर्षपछि ‘लज्जावती’मा हिरो बने श्री कृष्ण निरौला, सुनाए फिल्मको कथा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहे पनि प्रमुख भूमिकामा देखिने अवसर नपाएका निरौला ‘लज्जावती’मार्फत पहिलोपटक प्रमुख भूमिका... आइतबार, साउन २४, २०८३
‘फिल्म मनोरञ्जन मात्र होइन, यसले समाज बोल्नुपर्छ’ ‘फिल्म एक मनोरञ्जनको माध्यम मात्र होइन, यसले त समाज बोल्नुपर्छ’ भन्ने मान्यता राख्छन् रिम । कक्षा ६ मा पढ्दा फेल भएपछि सँगैका साथिभा... मंगलबार, चैत १९, २०८१
निश्चल बस्नेत भन्छन्– हलहरूले अन्याय गरेपछि ‘दिमाग खराब’को प्रदर्शन रोक्यौं तेस्रो हप्ताबाट हलले ६५ प्रतिशत सेयर लिन्छ र निर्मातालाई ३५ र प्रतिशत दिन्छ। बाहिर हेर्दा फिल्म चलिरहेको पनि देखिन्छ। पैसा कमाइरहेको... बुधबार, कात्तिक २९, २०८०
ताजा समाचारसबै
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता शनिबार, असोज २४, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान) शनिबार, असोज २४, २०८३
सर्वोच्च अदालत भवन निर्माणको भ्रष्टाचारमाथि छानबिन गर्न माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्