• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सुनौलो तोप चरा संरक्षण गरिँदै

64x64
रासस शुक्रबार, साउन ९, २०७७  १३:४०
1140x725

कञ्चनपुर- विश्वमै दुर्लभ मानिएको सुनौलो तोप चरा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित गरिएको छ। दक्षिण एशियाको नेपाल र भारतमा मात्रै पाइने सङ्कटापन्न अवस्थामा रहेको सुनौलो तोप चरा संरक्षणका लागि निकुञ्जले कार्य अगाडि बढाएको छ।

नेपालका संरक्षित क्षेत्रमध्ये सुनौलो तोप चरा शुक्लाफाँटामा मात्रै पाइने गरेको छ। सुनौलो तोप चरा जोगाउनका लागि नियमितरूपमा निगरानी राख्ने कार्यसँगै चराको आहारविहार र बासस्थानबारे अध्ययन कार्यमा समेत जोड दिइएको छ। निकुञ्जका मुख्य संरक्षण अधिकृत लक्ष्मण पौड्यालले भने, 'सुनौलो तोप चराबारे एक हप्ता लगाएर सर्भेक्षणको कार्यसमेत गरेका छौँ। यसको बासस्थानलाई कसरी सुरक्षित गर्ने भन्ने बारे योजनाबद्ध रूपमा अगाडि बढेका छौँ।'

सङ्कटापन्न अवस्थामा रहेका अन्य जीवजन्तु र चराचुरुङ्गी जस्तै सुनौलो तोप चरालाई जोगाउन उत्तिकै महत्व दिइएको उनले बताए। सुनौलो तोप चराको प्रजाति विश्वमै दुर्लभ भएकाले बचाइराख्नु आजको आवश्यकता भएको उनको भनाइ  छ।

निकुञ्जको घाँसे मैदानका बीच भागमा बासस्थान बनाएको सुनौलो तोप चराको सङ्ख्या १०० देखि २०० को हाराहारीमा रहेको छ। झट्ट हेर्दा भँगेरा जस्तै तर पहेँलो रङको हुने भएकाले यसलाई सुनौलो तोप चरा भनिएको अधिकृत पौड्यालले बताए। "रुखका हाँगामा पात सिएर यस चराले गुँड बनाउने गर्दछ', उनले भने। तोप चराका सुनौलो, बायाँ, छातिकाले र धर्के गरी चार वटा प्रजाति पाइने गरेका छन्। तीमध्ये सुनौलो तोप चरा दुर्लभ प्रजातिका रूपमा रहेको छ।

सुनौलो तोप चरा अन्यभन्दा पृथक किसिमको रहेको छ। सन् १९९६ मा चराविज्ञ हेमराज बरालले शुक्लाफाँटामा सुनौलो तोप चरा पत्ता लगाएका थिए।। सुनौलो तोप चरा पत्ता लागेपछि निकुञ्ज कार्यालयले यसको नियमित रेकर्ड राख्दै आएको छ। सन् २००७ मा कोशी टप्पुमा सुनौलो तोप चरा देखिए पनि त्यसपछि यो चरा देखिएको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

'सुनौलो तोप चरा शुक्लाफाँटामा मात्रै रहेकाले यसको संरक्षणमा चासो दिइएको छ', निकुञ्जका मुख्य संरक्षण अधिकृत पौड्यालले भने, 'किरालगायत खान मन पराउने भएकाले यो चरा किसानका लागि पनि लाभदायक छ।' खेतबारीमा हालिने विषादी र अनावश्यकरूपमा मार्ने कार्यले यसको संरक्षणमा अवरोध भएको छ। निकुञ्जको घाँसे मैदानक्षेत्र नजिकैका ताल र सीमसार क्षेत्र नजिकका काँडेदार रुखमा सामूहिकरूपमा सुनौलो तोप चराले गुँड बनाउने गर्दछ।

तोप चरालाई सामाजिक चराका रूपमा समेत लिइने गरिन्छ। सामूहिकरूपमा गुँड लगाउने र समूहमै रहन मनपराउने हुनाले यसलाई सामाजिक चराका रुपमा लिइन्छ। आहाराको खोजीका लागि पनि यो चरा समूहमै उड्ने गर्दछ। अलगअलग प्रजातिका तोप चराले अलग्गै किसिमका आकर्षक गुँड बनाउने गर्दछन्। 

Xtrem
Xtrem

एउटै रुखमा सुनौलो तोप चराले सामूहिकरूपमा २० देखि १०० बढी गुँड लगाउने गरेको पाइएको छ।  मनसुनको समयमा तोप चराले प्रजनन गर्दछन्। प्रजननको समयमै तोप चराको भालेले घाँसलाई बुनेर आकर्षक गुँड बनाउने गर्दछ। मे महिनादेखि सेप्टेम्बर महिनामा सुनौलो तोप चराले गुँड बनाउने, अण्डा पार्ने र बच्चा हुर्काउने गर्दछ। एक अध्ययनअनुसार तोप चराले २० दिनदेखि २८ दिनमा गुँड तयार गर्दछ। बाह्य आक्रमणबाट अण्डा र बच्चालाई जोगाउन गुँड विशेष प्रकारले बनाइएको हुन्छ। 

नेपालमा ८७७ प्रजातिका चरा पाइने गरेका छन्। तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटामा भने ४२३ प्रजातिका चरा पाइने गरेका छन्। तीमध्ये १९ प्रजातिका चरा दुर्लभ प्रजातिका रहेका छन्। आगन्तुक साइबेरियन चराका लागि पनि शुक्लाफाँटा प्रसिद्ध रहेको छ। क्षेत्रफलका हिसाबले सानो भए पनि निकुञ्जमा धेरै प्रकारका दुर्लभ वन्यजन्तु, पक्षी र वनस्पति पाइने गरेको छ।
राजेन्द्रप्रसाद पनेरु- रासस

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७  १३:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
उपसभापतिका उम्मेदवार चालिसेको उम्मेदवारी फिर्ता बुधबार, असोज २१, २०८३
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा बुधबार, असोज २१, २०८३
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा बुधबार, असोज २१, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, असोज २१, २०८३
न्यायाधीश सिफारिसको विषयमा बोल्यो नेपाल बार: ‘समावेशी सिद्धान्त लत्याइयो’ बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्