काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव रूद्रसिंह तामाङलाई दिएको छ।
विभागका तत्कालीन महानिर्देशक डुण्डुराज घिमिरेको सरूवा भएसँगै रिक्त स्थानमा तामाङलाई पठाइएको हो। पर्यटन मन्त्रालयमा सहसचिव रहेका तामाङलाई मन्त्री योगेशकुमार भट्टराईले नयाँ जिम्मेवारी दिएका हुन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट तामाङ पर्यटन मन्त्रालय गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।