सिरहा- सिरहा जिल्लाको बरियारपट्टी गाँउपालिका-३ स्थित त्रिशुला खोलाको किनारबाट साउन ८ गते एपीएफ टोलीले एक सय बोतल डाईलेक्स डिसी र तीन सय वटा नाईट्राभेट ट्याब्लेट बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिबाट खटिएको एपिएफ टोलीले उक्त लागुऔषध बरामद गरेको हो।
त्यसबेला भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले एपिएफ टोलीलाई देख्ने बित्तिकै उक्त लागूऔषध सोही ठाउँमा छाडी भागेर फरार भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।