काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालनको कार्यविधिबारे बुधबार सरोकार भएका पक्षसँग छलफल गरेको छ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा बुधबार मन्त्रालयमा भएको छलफलमा नेपाल शिक्षक महासंघ, विद्यालय सञ्चालन, अभिभावक महासंघलगायतका प्रतिनिधिको सहभागिता थियो।
कोरोना महामारीका कारण रोकिएको विद्यालयको पठनपाठन आगामी भदौ १ देखि भर्ना र परीक्षा सञ्चालन गर्न नेपाल सरकारले निर्णय गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।