लन्डन– इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई अंक तालिकाको पुछारमा रहेको वेस्ट ब्रुमले बराबरीमा रोकेको छ। शनिबार भएको खेल २–२ गोलको बराबरीमा सकिएको हो।
ड्यानी इङ्ग्सले खेलको चौथो मिनेटमै गोल गरेर लिभरपुललाई अग्रता दिलाएका थिए। ७२ मिनेटमा मोहमद सलाहले लिभरपुलको अग्रता दोब्बर पारेका थिए।
तर ७९ मिनेट वेस्ट ब्रुमका जेक लिभरमोरले गोल गरेर खेललाई २–१ को स्थितिमा ल्याए। सलोमोन रोन्डनले खेल सकिन २ मिनेट बाँकी छदा बराबरीमा गोल गरेका थिए।
लिभरपुललाई बराबरीमा रोकेपनि वेस्ट ब्रुम रेलिगेशन नजिक छ। आगामी खेलमा स्वान्सीले म्यानचेस्टर सिटीलाई हराए वेस्ट ब्रुम रेलिगेशनमा पर्नेछ।
खेलपछि तेस्रो स्थानको लिभरपुरले ३५ खेलबाट ७१ अंक जोडेको छ। शीर्ष स्थानको म्यानचेस्टर सिटीको ३३ खेलबाट ८७ र दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ३४ खेलबाट ७४ अंक छ। चौथो स्थानको टोनह्यामको ३४ खेलबाट ६८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।