काठमाडौं- कोभिड १९ को संक्रमण समुदायमा फैलन नदिन विभिन्न सुरक्षात्मक उपायहरु मध्ये मास्क लगाउनु पनि एक हो। घरबाट बाहिर निस्कनेका लागि सरकारले नै मास्क अनिर्वाय गरेको छ।
सरकारको यही निर्णयमा सहयोग पुर्याउन ‘जगदम्बा मोटर्स र लायन्स क्लब अफ काठमाडौं समर्पण’को सहकार्यमा निःशुल्क मास्क वितरण गरिएको छ। मास्क एक भरपर्दो सुरक्षाविधि भएको विश्व स्वास्थ्य संगठनले समेत प्रमाणित गरिसकेको छ। सरकारले लकडाउन सकिएको बताए पनि कोरोना संक्रमणकाे जोखिम कायमै छ। यद्यपि सरकारको पछिल्लो निर्णयअनुसार मानिसहरुको आवतजावत पनि दिनानुदिन बढ्दै गएको छ।
मानिसहरुको धेरै चहलपहल हुने स्थानहरु मध्येको कालिमाटी तरकारी बजार, बल्खु तरकारी बजार, यातायात कार्यालय, असन, बसन्तपुर, कलंकी, पाटन दरबार क्षेत्रहरुमा जगदम्बा मोटर्स प्रालि र लायन्स क्लब अफ काठमाडौं समर्पणको सहकार्यमा निःशुल्क मास्क वितरण गर्ने साताव्यापी अभियान सकिएको कम्पनीले जनाएको छ। यस अभियान अन्तर्गत ४ हजार थान मास्क सर्वसाधारणलाई निःशुल्क वितरण गरिएको थियो।
अभियानमा मास्क वितरण सँगसँगै सर्वसाधारणलाई मास्क लगाउने उचित तरिका, मास्क लगाउँदा कोरोना भाइरसबाट बच्ने ज्ञानका साथै भिडभाडमा सामाजिक दूरी कसरी कायम गर्ने, हात धुनेलगायतका जनचेतनामूलक जानकारीहरु पनि प्रदान गरिएको थियो।
जगदम्बा मोटर्सले बिक्रीवितरण गर्दै आएका मोटरसाइकल तथा स्कुटरहरु नेपाली बजारमा लोकप्रिय हुँदै गएका छन्। कम्पनीले बिक्री गर्ने मोटरसाइकल, स्कुटर र थ्रिह्वीलर्सहरु नेपाली समाजसँग जोडिएकाले त्यहि समाजमा नै केही योगदान गर्ने नीति अनुसार कम्पनीले विशेषरुपमा काम गर्दै आएको जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।