काठमाडौं- आइतबारदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गका धेरै स्थानमा पहिरो खसेको छ। धादिङ जिल्ला बेनीघाट रोराङ गाउँपालिका-१० स्थित मौवा खोलामा आएको बाढीले पुलभन्दा केही अगाडिको भूभाग कटान गरी ठूलो खाल्डो बनाएको छ।
यस्तै मौवा खोलाकै आसपासमा रहेको जबाङ खोलामा आएको बाढीले पनि सडकमा ठूलो क्षति गराएको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ।
धादिङकै फुर्केखोला किनारमा सडकको बीच भागबाट चिरिएर पहिरो गएको छ। ठाउँठाउँमा बाढी र पहिरोले क्षति गरेकाले पृथ्वी राजमार्ग संचालनमा आउन अझै केही दिन लाग्ने सडक विभागले जानकारी दिएको छ।
हामीले यहाँ विशेषगरी जबाङ खोला र मौवा खोलामा आएको बाढीले सडक तथा खोला किनारामै टाँसिएर बनाइएका संरचनामा पुगेको क्षतिबारे केही तस्बिर संकलन गरेका छौं।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
तस्बिर सौजन्य : दान बहादुर गुरुङ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।