दार्चुला- दार्चुलामा पहिरोमा परी घाइते भएका आमा-छोरीलाई सेनाको हेलिकाेप्टरमार्फत् उपचारको लागि काेहलपुर लगिएकाे छ। जिल्लाको मालिकार्जुन गाउँपालिका ८ शंकरपुर पस्तीमा पहिरोले पुरिएर घाइते भएका आमा-छोरीलाई उपचारको लागि काेहलपुर लगिएको हाे।
मंगलबार बिहान घरमाथिबाट आएको पहिरोले घर पुरिएर घाइते भएका ३५ वर्षीया लक्ष्मी दमाई र १२ वर्षीया सोनिया दमाईलाई थप उपचारको लागि कोहलपुर लगिएको हो। नेपाली सेनाको एन ए ०५५ नम्बरको हेलिकाेप्टरमार्फत् उपचारको लागि कोहलपुर लगिएको स्थानीय अनिल खत्रीले बताए। उनका छोरा शुवमको अवस्था भने सामान्य रहेको जनाइएको छ।
घरभित्र रहेका लक्ष्मीका २ जना भाइको भने मृत्यु भइसकेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुला, मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी, प्रतिनिधि सभा सदस्य गणेश सिंह ठगुन्ना, प्रदेश सभा सदस्य गेल्बु सिंह बोहरा, मानबहादुर धामीलगायतको समन्वयमा घाइतेलाई उपचारका लागि कोहलपुर पठाइएको हाे।
घाइतेको उपचारको लागि गाउँपालिकाले तत्काललाई ३० हजार रुपैयाँ खर्च उपलब्ध गराइएको वडा अध्यक्ष प्रेम पन्तले जानकारी दिए। यस्तै मृतकका परिवारलाई किरिया खर्च उपलब्ध गराउने विषयमा निर्णय हुन बाँकी रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।