काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले युवाको श्रमलाई स्वदेशमा नै टिकाउनुपर्ने बताएका छन्।
राष्ट्रिय युवा परिषद् नेपालको भक्तपुरमा ‘युवाका मुद्दा, युवा लक्षित कार्यक्रम तथा युवा विकासका लागि सञ्चारक्षेत्रको भूमिका सम्बन्ध’ विषयक सञ्चारकर्मीसँगको अन्तर्क्रिया कार्यक्रमको आज समापन गर्दै उनले युवाबिना मुलुकको समृद्धिको कल्पना गर्न नसकिने विचार व्यक्त गरे।
सरकार युवा श्रमलाई स्वदेशमा नै खर्च गर्नेतर्फ लागिरहेको भन्दै उनले युवाको पसिनाबाट नै मुलुक बन्ने भनाइ राखे।
कार्यक्रममा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले वैदेशिक रोजगार भन्दा पनि युवालाई परिषद्ले स्वदेशमा सिपमूलुक तालिम दिएर स्वरोजगार बनाइने बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।