पाल्पा- अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा-बुटवल सडकखण्डका विभिन्न स्थानमा पहिराे खस्दा सडक अवरुद्ध भएकाे छ। राजमार्गकाे गौडेपुल, पौथेडाडा, सिद्धबाबा, नागमन्दिरलगाएतका स्थानमा पहिरो गएकाे हाे।
यस्तै, सिद्धबाबा मन्दिरकाे छेउमै रहेकाे खाेल्साले बगाएर ल्याएकाे लेदाे र ढुंगाले धर्मशालामा रहेकाे स्टाेर रुम, धारा, प्रचार बाेर्ड, रेलिङ, श्राद्वस्थल लगायतमा क्षति पुगेकाे छ। लेदाे र पहिराे पन्छाउन डाेजर लगाइएकाे छ।
तस्बिरमा सिद्धबाबा मन्दिर क्षेत्रकाे पहिराे:







तस्बिर: डिबी गुरुङ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।