काठमाडौं- गएको वर्ष चैत १८ देखि २२ गतेसम्म हुने तय भएर अनिश्चित मिति सारिएको गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता स्थगित भएको छ। प्रतियोगिताका लागि तीन प्रदेशबाट छनोट प्रतियोगिता सकिएको अवस्थामा पनि प्रतियोगिता स्थगित भएको हो।
कोरोना भाइरसको माहामारी सुरु हुनुअघि प्रदेश १, प्रदेश २ र बागमती प्रदेशको छनोट प्रतियोगिता सम्पन्न भइसकेको थियो। अहिले कोरोना भाइरसको माहामारीलगायतका प्रतिकुलता र राष्ट्रिय खेलकुद परिषद (राखेप)ले निकासा भइसकेको रकम फिर्ता मागेकाले प्रतियोगिता स्थगित गरिएको गणेशमान सिंह फाउन्डेसन खेल समितिले जनाएको छ।
राखेपले आर्थिक वर्ष सकिएकाले प्रतियोगिताका नाममा निकासा भएको रकम पनि फिर्ता गर्न ताकेता गरेको हो। प्रतियोगिता स्थगित गर्दा सबैसँग क्षमाप्रार्थी रहेको समितिले विज्ञप्तीमार्फत जनाएको छ।
प्रतियोगिताका लागि भनेर प्रदेश १ को छनोट प्रतियोगिता गएको फागुन १५ देखि १७ गतेसम्म विराटनगरमा, प्रदेश २ र बागमती प्रदेशको छनोट फागनु २० देखि २२ सम्म काठमाडौंमा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।