काठमाडौं- मंगलबार बिहानदेखि नै केही दिनदेखिको निरन्तर बर्षाले काठमाडौं चिसिएको थियो। सडकमा सवारीसाधन सामान्य मात्रामा नै थिए। तर बिहान ११ बजेतिर बालुवाटार सडकमा एकाएक जाम बढ्यो। कारण थियो अस्ट्रिच।
बिहानदेखि लगातार वर्षा भइरहेको सडकमा अस्ट्रिच अतालिएर कुदिरहेको थियो। सडकमा यता उता गरिरहेको अस्ट्रिचले गाडीहरु रोकिए। केही गाडीले अनावश्यक हर्न बजाउँदा अस्ट्रिचले कता जाने मेलोमेसो नपाएर सडकमा दौडिरह्यो।
गाडी र मोटरसाइकलमा रहेकाहरु सवारी छेउ लगाएरै अस्ट्रिच हेर्न थाले। धेरैले रमिते बनेर मोबाइलमा दृश्य कैद गर्न थाले जसले अवस्था झनै बिग्रियो। स्थानीयका अनुसार नजिकै रहेको एक रेस्टुरेन्टले पालेको अस्ट्रिच बाहिर निस्किएको हो। पछिल्लो समय नेपालमा मासुका लागि अस्ट्रिचको व्यावसायिक पालन नै भइरहेका छन्।
विशेष गरी समूहमा रहने अस्ट्रिचहरु एक्लै हुँदा असुरक्षित महसुस गर्छन्। लामो खुट्टा हुने सबैभन्दा ठूलो चरा अस्ट्रिच बढीमा ७० किलोमिटर प्रतिघन्टा र सामान्यतया ५५ किलोमिटर प्रतिघन्टाको गतिमा दौडन सक्छ। जुन चराहरुमा सबैभन्दा बढी दौडन सक्ने क्षमता हो।
आफूलाई असुरक्षित महसुस गरेमा अस्ट्रिच कि त समथर मैदानमा पखेटाले छोपिएर सुत्छ कि त बेतोडले दौडने गर्दछ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।