• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

प्रदेश नं २ : वर्षाले जताततै जलाम्य, पशुवस्तुको बिजोग

64x64
रासस मंगलबार, साउन ६, २०७७  १०:१५
1140x725
प्रतीकात्मक तस्बिर

महोत्तरी- असार सकिँदै गर्दाको वर्षापछि मौसम उघ्रँदा छाएको खुशी महोत्तरीमा धेरै टिक्न सकेन। गत असार २४ गतेदेखि २९ गतेसम्मको लगातारको वर्षापछि मौसम सफा हुँदा छाएको खुशी एक साता नबित्दै आइतबारदेखि लगातार मुसलधारे पानी परिरहँदा यहाँका सर्वसाधारण कटान र डुबानको चिन्ताले पिरोलिएका छन्।

असार अन्तिम साता परेको पानी सुक्न नपाउँदै आइतबारदेखि फेरि पर्न थालेको मुसलधारे पानीले महोत्तरीका मध्य र दक्षिणी क्षेत्रका गाउँ/नगर बस्ती जलमग्न छन्। धानको रोपो नदेखिने गरी पानीले गह्रा टन्न भरिएपछि किसानलाई रोपो गल्ने पिरोलो बढेको छ। पानीको उपयुक्त निकास नहुँदा सडक बाटाघाटा हिलाम्मे छन्।

आइतबार बिहानदेखि पर्न थालेको पानी नरोकिँदा सबभन्दा बढी सकस पशुवस्तु चरनमा परेको छ। चरनक्षेत्र पानीले डुबेको र लगातारको वर्षाले वैकल्पिक आहार जुटाउन नसकिँदा गाईवस्तु गोठमा कराइरहेका सुनेर बस्नुपरेको पशुपालक किसान भङ्गाहा नगरपालिका–४ का कृष्ण दाहालले बताए।

'असार अन्तिम साताको पानी चरन क्षेत्रमा नसुक्दै फेरि मुसलधारे वर्षा भएको छ', दाहालले गोठका भैँसीतिर देखाउँदै भने, 'तिनको आङ् तन्काउन पनि एकछिन फुकाएर बाहिर डुलाउन पानीले दिएन।' झरीमा आफू खोलेफाँडो खाएर गुजारा काटे पनि पशुवस्तुको बिजोगले मन कुँड्याएको दाहाल बताउँछन्।

लगातारको झरीले लहरे तरकारी बालीका बेला पहेँलिने, चुँडिने र गल्ने गरेका छन्। लागेका फल पनि नहुर्कँदै झरेका हुँदा बालीबाट थप उत्पादनको आस मरेको बर्दिवास–२ बुद्धचोकका तरकारी किसान फौदसिंह स्याङ्वाले बताए। तरकारी खेतीमा पानीले सबैभन्दा बढी क्षति परवलमा गरेको छ।

थाङ्रा नलगाइने यो खेतीमा अहिले पानीले बेला (लहरा) र चिचिला पहेँलिएर सुक्ने गरेको किसानले बताएका छन्। लगातारको वर्षाले यहाँका नदीमा बाढी उर्लेको छ। यद्यपि खतराको तहसम्म नपुगेको हुँदा बाढीबाट भने अहिले ठूलो क्षति नभएको जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको भनाइ छ।

'असार निगल्दोको वर्षासँगैको बाढीले केही सडक र बाँध ठाउँठाउँमा भत्काएको थियो, तिनको मर्मत गरिएको छ', कटुवालले भने, 'वर्षा बढ्न सक्ने र यहाँका नदीमा आउने बाढीले क्षति गर्नसक्ने सम्भावना छ, यसको पूर्वसतर्कता सबैतिर अपनाइँदै छ।' नदी तटका बस्तीमा सूचना प्रवाह र पूर्वसतर्कताका लागि सुरक्षाकर्मी परिचालित गरिएको कटुवालको भनाइ छ।

असार निगल्दोको वर्षादेखि नै यहाँका जलेश्वर–रामगोपालपुर–बर्दिवास, बर्दिवास–रौजा–जलेश्वर, सम्सी–मनरा–जलेश्वर र सम्सी–रामगोपालपुर–लोहारपट्टी–जनकपुरसहितका सडकमा यातायातका साना साधन (जिप, मोटरसाइकल, साइकल, टेम्पु) चल्न नसक्ने भएका छन्। हिलाम्मे सडकले पैदलयात्रा पनि यहाँ सकसपूर्ण बनेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यी सबै सडकमा स्तरोन्नतिका कामका लागि ठेक्का बन्दोबस्त भए पनि ती कम्पनी कानमा तेल हालेर सुतेका सर्वसाधारणको खरो टिप्पणी बढेको छ। 'काम ओगट्ने आम चलन बढेको छ, खै नियमनकारी निकायले हेर्छन कि हेर्दैनन्?' जलेश्वर–रामगोपालपुर–बर्दिवास सडकमा पर्ने औरहीका बासिन्दा बाबुप्रेम यदुवंशीले भने, 'ठेक्का बन्दोबस्त भएको वर्ष नाघ्दा पनि काम फिट्टो सरेको छैन।'

यसैबीच जिल्लाका प्रमुख जिल्ला अधिकारी कटुवालले आफू भर्खरै जिल्लाको जिम्मेवारीमा आएको हुँदा यहाँका कामबारे विभिन्न सरकारी निकाय, राजनीतिक दल र स्थानीय तहसँग समन्वय गरिरहेको बताए। 'सम्बद्ध सडक डिभिजन कार्यालय र सडक निर्माणको काम पाएका निर्माण कम्पनीसँग निरन्तर संवादमा छु', कटुवालले भने, 'मौसम अनुकूल हुनासाथ काम बढ्छ।ु

गजेन्द्र नारायण औद्योगिक क्षेत्र जलमग्न 
राजविराज– लगातार दुई–तीन दिनदेखि परेको मुसलधारे वर्षाका कारण सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र जलमग्न भएको छ। लगातारको वर्षाका कारण विभिन्न नदी हुँदै बगेर आएको पानीको बहाव औद्योगिक क्षेत्रमा पसेपछि डुबान भएर जलमग्न भएको स्थानीय गजेन्द्र मण्डलले जानकारी दिए।

सप्तरीको रुपनी गाउँपालिकास्थित बस्बिटीमा पर्ने सो औद्योगिक क्षेत्र वरिपरि पानीको निकास हुननसक्दा जलमग्न भएको हो। औद्योगिक क्षेत्र डुबान हुँदा त्यसभित्र रहेका उद्योगमा समेत पानी पस्दा लाखौँ मूल्य बराबरको क्षति भएको औद्योगिक क्षेत्रले जनाएको छ। 

Xtrem

Xtrem

सरकारी उपेक्षाको मार खेप्दै आएका औद्योगिक क्षेत्रमा उद्योग सञ्चालन गर्दै आएकामा लगातारको वर्षाका कारण डुबान हुँदा केही उद्योगमा पानीसमेत पसेको उद्योगी व्यवसायीहरुले बताएका छन्। औद्योगिक क्षेत्रभित्र मिलन डेरी उद्योग, महालक्ष्मी पेन्ट इण्डस्ट्रिज, कान्तिपुर प्लाष्टिक उद्योग र कोशी पोलिमर्स उद्योगलगायत सञ्चालमा छन्। औद्योगिक क्षेत्रको पूर्व र दक्षिण छेउबाट बग्ने पानीको बहाव थुनिएर पानी निकास नभएका कारण औद्योगिक क्षेत्र जलमग्न भएको स्थानीयवासीको भनाइ छ। 

यस्तै लगातार तीन दिनदेखि भइरहेको वर्षाले सप्तरीको दक्षिणी र पश्चिमी भेगका तिलाठी कोइलाडी र बलानबिहुल गाउँपालिकाका विभिन्न वडा डुबानमा परेका छन्। भलुवाहीखोलामा आएको बाढीले निकास नपाउँदा राजविराज नगरपालिका वडा नं १, २, ५, ६, ७, ८, १० र १५ का करिब १५० घर डुबानमा परेको जनाइएको छ।

वर्षाका कारण पूर्वपश्चिम लोकमार्ग नै डुबानको चपेटामा
सर्लाही– आइतबार र सोमबार परेको मुसलधारे वर्षाले जिल्लाको पूर्वपश्चिम लोकमार्ग क्षेत्रमा समेत डुबानको समस्या देखिएको छ। सर्वसाधारणले आफूखुशी बनाएको घरलगायत संरचना तथा पछिल्लो केही वर्षयता टोलटोलमा निकासबिना केही उचाइका साथ सडक कालोपत्रको काम भएकाले उत्तरी क्षेत्रमा समेत डुबानको समस्या निम्तिएको हो।

आइतबार दिउँसोदेखि नै परेको अविरल वर्षाका कारण पूर्वपश्चिम लोकमार्ग क्षेत्र डुबानमा परेको छ भने सवारी साधन बाढी तथा डुबानको चपेटामा परेका छन्। वर्षाले उत्तरी क्षेत्रका लालबन्दी, नवलपुर, हरिवन, नयाँरोड, वाग्मतीलगायत स्थानमा समेत कतिपय घरहरु डुबानमा परेको स्थानीयवासीले गुनासो गरेका छन्। कतिपय ठाउँमा कालोपत्र सडकसहित संरचनामा पानीले क्षति पुर्‍याएको छ।

हरेक वर्षायाममा सदरमुकाम मलङ्गवासहित दक्षिणी क्षेत्रका बजार एवं गाउँ जलमग्न हुने तथा वर्षाको पानीबाट समस्या झेल्दै आइरहेको भए पनि पछिल्लो दुई वर्षयता उत्तरी क्षेत्रमा समेत डुबानको समस्या देखिएको हो। विसं २०५० को अविरल वर्षामा समेत जलमग्न नभएका उत्तरी क्षेत्रका बजार गाउँ अहिले केही समय पानी पर्दा पनि डुबानको चपेटामा परेका छन्।

निकासबिनाको विकासले डुबानको समस्या बढेको सामाजिक अभियानकर्मी रजनिकान्त झाले बताए। 'नाला, ह्युमपाइप, कल्भर्टजस्ता निकास नै नदिएर सडकको उचाइ बढाउँदै कालोपत्र गर्ने क्रम बढिरहेको छ, घरहरु जताततै निर्माण भएकाले पनि समस्या सिर्जना भएको छ', झाले भने। आइतबार र सोमबारको अविरल वर्षाका कारण पूर्वपश्चिम लोकमार्गका केही लच्काहरुमा बाढी आउँदा सवारी साधन आवतजावतमा समेत समस्या भएको ट्राफिक प्रहरीले बताएको छ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  १०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनको बन्द सत्रबाट कोषाध्यक्ष श्रेष्ठको प्रतिवेदन पारित बुधबार, असोज २१, २०८३
गण्डकी सरकारलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश बुधबार, असोज २१, २०८३
विगतमा कहिल्यै यस्तो छलफल भएको थाहा छैन : आङ्देम्बे बुधबार, असोज २१, २०८३
काँग्रेस महाधिवेशनको बन्द सत्र सुरु, चार प्रतिवेदन पारित गर्ने तयारी बुधबार, असोज २१, २०८३
कांग्रेस सभापतिको उमेदवारी  फिर्ता गर्ने किशोरसिंह राठौरको घोषणा बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्