• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बाजुरामा बाढी पहिरोको वितण्डा, विभिन्न बस्ती विस्थापित

64x64
रासस मंगलबार, साउन ६, २०७७  १०:०१
1140x725
प्रतीकात्मक तस्बिर

बाजुरा- मनसुनी वायुका कारण लगातारको वर्षाले बाजुरा जिल्लामा बाढी पहिरोले वितण्डा देखाएको छ। जिल्लाका विभिन्न ठाउँमा बाढी पहिरोका कारण करौडौँको नोक्सानी भएको छ भने हजारौँ परिवार विस्थापित भएका छन्। वर्षायाम सुरु भएसँगै जिल्लाभरि बाढी पहिराेको घटना भइरहेको छ। बाढी र पहिरोले ठूलो क्षति भएको छ। सोमबार जिल्लाका विभिन्न ठाउँमा बाढी र पहिरोले ठूलो क्षति गरेको छ।

बाजुरा खण्डको साँफे–मार्तडी सडकखण्डको ताप्रिसेरा–घट्टेखोलामा रहेको पक्की पुल बाढीले बगाएको छ। आइतबार रातिबाट अविरल वर्षासँगै आएको बाढी पहिराेले बूढीगङ्गा नगरपालिकाको कुडी, बजेडी, नडाङ, मुसीगाउँ, खेतकोट ताप्रिसेराको पूरै बस्ती विस्थापित भएका छन्। पानी मुलखोला र ठाँडोखोलाबाट आएको बाढीले खोला छेउछाउका मुसी, खर्रा र ताप्रिसेराका खेतीयोग्य जमीन बगरमा परिणत भएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले घटनास्थलबाटै जानकारी दिए।

अविरल वर्षाले बजेडीका केही घर र नडाङका केही घर माथिबाट पहिरो आएर घरहरु चर्केपछि विस्थापित भएका छन्। अहिले उनीहरु सबै छिमेकीको घरमा ओत लागेका छन्। पहिरोले दुवै गाउँ जोखिममा छन्। जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न जिल्लास्थित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको प्रजिअ गैरेको भनाइ छ।

प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घटनास्थलमा पुगेर सोमबार दिउँसो स्थलगत अनुगमन गरेको थियो। बाढी पहिराेका कारण साँफे–मार्तडी सडकखण्डकै सदरमुकाम मार्तडीबाट पानी नाउला, ताप्रिसेरासम्म सडक क्षति भएको छ। सडकको ठाउँठाउँमा पहिरो आएको छ भने कतिपय स्थानमा सडक पूर्णरूपमा क्षति भएको छ।

बाढी पहिराेका कारण जिल्लाको गौमुल गाउँपालिका–६ टुनीमा रहेका १० दलित घरपरिवारसमेत विस्थापित भएका छन्। विस्थापित परिवारलाई गौमुल गाउँपालिकाले राहतको व्यवस्था गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताइन्। त्यस्तै गाउँपालिका–४ को गदाडा, ओस्तिबाडा–१ को दुर्गाली, माडीलगायतका वडामा पनि बाढी पहिराेले क्षति पुर्‍याएको छ। उनीहरु सबैलाई गाउँपालिकाले राहत उपलब्ध गराएर सुरक्षित स्थानमा बस्न भनेको छ।

३२ परिवार जोखिममा
यता बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ का ३२ परिवार विस्थापितको उच्च जोखिममा परेका छन्। आइतबार रातिबाट परेको अविरल वर्षाका कारण घरको चारैतिरबाट पहिरो बग्न थालेपछि वडाका नाइना, मैतोला, लम्मेलासहितका टोल उच्च जोखिममा परेको वडाध्यक्ष कुम्भनाथ योगीले जानकारी दिए।

मैतोलाका बुदे गुयाल, कर्ण गुयाल, चन्द्र गुयाल, सुरेन्द्र गुयाल, अङ्ग गुयाल, दीपक गुयाल, नन्दे गुयाल, केशव गुयाल, विर्कजङ्गी धामी, वीरजित धामी, मङ्गल धामी, माने गुयालसहितका परिवारको घर जोखिममा छन्। यस्तै नाइनाका माडीखोलाका नन्द विष्ट, धिरु विष्ट, पाउनु विष्ट, हर्क विष्ट, कृष्ण नेपाली, बिर्ज पाध्याय, माने सार्की, चन्द्र सार्की र सिद्ध गन्दर्भको घर पहिरोको जोखिममा परेका छन्।

वडाध्यक्ष योगीका अनुसार मैतोलावासीले उपयोग गर्दै आएको चाम्डेबगर लघु जलविद्युत् आयोजनाको नहर भत्किएर क्षति पुगेको छ। नहर भत्किँदा विद्युत् बन्द भएको छ भने सिङ्गो गाउँ अँध्यारोमा बस्न बाध्य छ। यस्तै पारी बगर भन्ने स्थानमा धानखेत पनि बाढीले बगाएर क्षति पुर्‍याएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

वडाभित्रकै जाल्पादेवी माविको भवनसमेत जोखिममा छ। अध्यक्ष योगीसहितको टोलीले क्षतिको विवरण सङ्कलन तथा अवस्थाबारे अध्ययन गर्ने काम पनि गरिरहेको छ। खप्तड छेडेदह गाउँपालिका–७ मा पनि बाढी पहिरोले क्षति पु¥याएको छ भने दशरथ बढालेक आधारभूत विद्यालयको भवनसमेत भत्किने खतरा बढेको वडाध्यक्ष खगेन्द्र रावतले बताए।

कुँडीको सिङ्गो गाउँ पहिरोको जोखिममा 
बाजुराको बुढीगङ्गा नगरपालिका–१ मल्लो कुँडीको सिङ्गो गाउँ पहिरोको उच्च जोखिममा परेको छ। चारैतिरबाट पहिरो बग्न थालेपछि कुँडीमा बसोबास गर्ने ११६ बढी परिवार उच्च जोखिममा परेका हुन्।

सोही स्थानमा दुई वर्ष पहिले विसं २०७५ भदौमा पनि पहिरो गएको थियो। पहिरोबाट एक जनाको मृत्यु र एक दर्जन परिवार विस्थापित बनेका थिए। यो वर्ष पनि सिङ्गो गाउँको चारैतिरबाट पहिरो बग्न थालेको छ। जोखिममा रहेका ११६ बढी परिवारको तत्काल उठीबासको चिन्ता बढेको स्थानीय मनबहादुर विकले जानकारी दिए।

जनप्रतिनिधिको टोली बाढी प्रभावित क्षेत्रमा पुग्यो
जिल्लाको बुढीगङ्गा नगरपालिकामा बाढी पहिराेले पारेको क्षतिबारे नगरप्रमुख दीपकविक्रम शाह र उपप्रमुख तारा खातीसहितको टोलीले जानकारी लिएको छ। बाढी प्रभावित बनेको क्षेत्रमा नगरप्रमुख शाह, उपप्रमुख खाती, वडा नं २ का अध्यक्ष हीरालाल थापा, ३ का अध्यक्ष खड्क अधिकारीसहितको टोली पुगेर जानकारी लिएको हो।

Xtrem

Xtrem

यस्तै प्रमुख जिल्ला अधिकारी गैरेसहितको टोलीले पनि सोमबार दिउँसो घटनास्थलको प्रत्यक्ष अनुगमन गरेको छ। जिल्ला विपद् व्यवस्थापन समिति संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी गैरेसहित प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराई, सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधिलगायतले अवस्थाबारे जानकारी लिएका छन्।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  १०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनको बन्द सत्रबाट कोषाध्यक्ष श्रेष्ठको प्रतिवेदन पारित बुधबार, असोज २१, २०८३
गण्डकी सरकारलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश बुधबार, असोज २१, २०८३
विगतमा कहिल्यै यस्तो छलफल भएको थाहा छैन : आङ्देम्बे बुधबार, असोज २१, २०८३
काँग्रेस महाधिवेशनको बन्द सत्र सुरु, चार प्रतिवेदन पारित गर्ने तयारी बुधबार, असोज २१, २०८३
कांग्रेस सभापतिको उमेदवारी  फिर्ता गर्ने किशोरसिंह राठौरको घोषणा बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्