नारायणी नदीको बहावले खतराको विन्दु नाघ्यो। नारायणगढ बजार नजिकैबाट सोमबार दिउँसो देखिएको नदीको दृश्य। तस्बिर: रासस
काठमाडाैं- लगातारकाे वर्षापछि आएकाे बाढीका कारण नारायणी नदीमा पानीकाे सतहले खतराकाे तह पार गरेकाे छ। साेमबार अपराह्ना नदीमा खतराकाे तह पार भएसँगै स्थानीय प्रशासनले सवधानी अपनाउन आग्रह गरेकाे छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको सतह ९ दशमलव २८ मिटर पुगेको छ। ७ दशमलब ३ मिटर तह पार गरे चेतावनी तह र आठ मिटर पार भए खतराको तह पार गरेको मानिन्छ। नारायणी नदीमा बाढी आउँदा पश्चिम चितवनका क्षेत्रमा डुबानको खतरा रहन्छ।
यस्तै काेशी नदीमा पनि पानीकाे तह चेतावनीकाे तह नजिग पुगेकाे छ। काेशी नदीमा पानीकाे तह ७ मिटर पुगेकाे छ भने जलस्तर बढ्ने क्रममा रहेकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।