• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

यथास्थितिमा नेकपा सरकार चल्न सक्दैन : युवराज ज्ञवाली [अन्तर्वार्ता]

64x64
वीरेन्द्र ओली आइतबार, साउन ४, २०७७  १८:५१
1140x725

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल लगायत बहुमत सचिवालय सहित स्थायी कमिटी सदस्यहरुले राजीनामा मागेपछि विवाद सुरु भयो। ओलीले दुवै पदबाट मात्रै नभई एक पदबाट समेत राजीनामा नदिने अडान कायमै राखेका छन्। उता अध्यक्ष प्रचण्ड सहित बहुमत सचिवालय सदस्यहरुले ओलीले कम्तीमा एक पदबाट राजीनामा दिनुपर्ने अडानमै छन्।

दुवै पक्ष आ–आफ्नो अडानमा टसमस नभएपछि अहिलेसम्म स्थायी कमिटी बैठक आठौं पटकसम्म स्थगित भइसकेको छ। पटकपटक स्थायी कमिटी बैठक स्थगित हुँदा नेताहरु समेत आजित भइसकेका छन्। असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक २५ दिनदेखि जारी छ। नेकपा भित्रको किचलो, सरकार सञ्चालनमा देखिएका समस्या र समाधानका विभिन्न पक्षसँग केन्द्रित भई नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीसँग नेपाल लाइभकर्मी वीरेन्द्र ओलीले गरेको कुराकानीको सम्पादित अंशः

पछिल्लो समय नेकपाको अन्तरद्वन्द्व फुट र विभाजनसम्म पुग्न थालेको थियो। खास अहिले पार्टीभित्रको अन्तरकलह कहाँ पुगेको हो?
पहिलो कुरा यो शब्द 'करेक्सन' गर्नुपर्छ जस्तो लाग्छ। यसलाई अन्तरकलह नभनेर अन्तरद्वन्द्वभन्दा राम्रो हुन्छ। यसलाई अन्तरविरोध, अन्तरसंघर्ष, बहस, विवाद, छलफल रुपमा लिनुपर्छ। कलहको रुपमा लिनुहुँदैन। यो हाम्रो कुनै घर झगडा होइन। हाम्रो बहस, विवाद, छलफल हो।

पार्टीलाई ठीकसँग कसरी सञ्चालन गर्ने भनेर नै हामीले यसरी बहस गरिरहेका छौं। सरकारलाई कसरी प्रभावकारी रूपमा परिचालन गरी जनताको अपेक्षा पूरा गर्ने? कोरोना महामारी, बाढीपहिरो, सलह, बेरोजगारी लगायतका जनताका समस्यालाई कसरी सम्बोधन गर्छौ? यी मुद्दालाई कसरी ठीक ढंगले लग्न सक्छौं भनेर नै हामीले यसरी बहस चलाएका छौं। देशमा आर्थिक विकास र समृद्धिको कामलाई कसरी तीव्र रूपमा लग्न सक्छौं भन्ने छ? यी विषयमा पार्टीभित्र व्यापक बहस छलफल चल्दै आएको छ। यो चलिरहन्छ। चल्ने क्रममा थोरै क्लाइमेक्समा मात्रै पुगेको हो। अहिलेसम्म बहस कहीँ पनि पुगेको छैन। यो छलफलमै केन्द्रित छ।

बाहिर सहमति भयो भन्ने गरिन्छ नि?
बाहिर चर्चा गरेजस्तो कुनै सहमति भएको छैन। अहिले बैठक जारी छ। बीचमा अहिले एक हप्ता बाढी पहिरोका कारण एक हप्ता स्थगित गर्‍यौं। अहिले १७/१८ जनाले बोलिसकेका छौं। अरु नेता साथीहरु बोल्न बाँकी हुनुहुन्छ। आ–आफ्ना विचार व्यक्त गर्ने क्रम जारी छ। फेरी दोहोर्‍यार भन्न चाहन्छु। पार्टीलाई कसरी राम्रोसँग चलाउने? पार्टीलाई कसरी एकताबद्ध बनाउने? पार्टीलाई एउटा प्रणाली र विधिमा कसरी लग्ने? सरकारलाई जनताको अपेक्षा अनुसार कसरी प्रभावकारी ढंगले लग्ने भन्ने विषयमा बहस केन्द्रित छ। कुनै सहमति भएको छैन। कुनै टुगो लागेको छैन। यो बैठकले विवादको टुंगो लगाउँछ।

विवाद उत्कर्षमा पुगेको छ। समाधानको बाटो के हुन सक्छ?
समाधानका अनेक उपाय हुन सक्छन्। अनौचारिक छलफलहरु भइरहेका छन्। सहमतिका लागि दुई अध्यक्षले ५/६ पटक संवाद गरिसक्नुभएको छ। अनौपचारिक भेटघाट छलफल जारी राखेका छौं। सबैको ध्येय यथास्थितिमा पार्टी र सरकार चल्न सक्दैन। अहिले जसरी नेकपा चल्दै आएको छ। सरकार जुन ढंगले चल्दै आएको छ। यथास्थितिमा यही ढंगले पार्टी र सरकार दुवै चल्न सक्दैनन्। यही तरिकाले चलेर प्रगति गर्ने र परिणाम ल्याउने स्थिति छैन। यसमा एउटा महत्त्वपूर्ण परिवर्तन अनिवार्य गर्नुपर्छ। कसरी समाधानको बाटो खोज्ने भन्ने विषयमा छलफल गर्दै छौं। बहस गर्दै छौं। एउटा उपयुक्त निकास निकाल्ने प्रयास गरिरहेका छौं। हामी एउटा निकास निकाल्छौं। एउटा सहमतिमा पुग्छौं।

यदि सहमति भएन भने कमिटीबाट निर्णय गर्छौं। निर्णय गर्दा सकेसम्म सर्वसम्मतिले गर्छौं। भएन भने अल्पमत वा बहुमतका आधारमा पनि स्थायी कमिटीबाट निर्णय हुन्छ। नभए, केन्द्रीय कमिटी बैठक बसालेर निर्णय गर्छौं। निर्णय गरेर कार्यन्वयन गरेर जान्छौं। अहिले यसै जाने भन्ने अवस्था छैन। तर, विषय विभिन्न उठिरहेका छन्। हामी छलफल गर्छौं।

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्रीको कामलाई प्रभावकारी बनाउने, पार्टीलाई विधि, विधानमा ल्याउने कुरामा तपाईंहरुको प्रयास हुन सक्छ। तपाईंहरुबाट उहाँलाई दुवै पदबाट राजीनामा गराएर भित्तामा पुर्‍याउने खेल भयो नि?
यो कुनै व्यक्ति विषेशसँगको कुरा होइन। व्यक्ति विशेषबीचको लडाइँ वा झगडा पनि होइन। बाहिर प्रधानमन्त्री केपी ओली, प्रचण्ड माधव नेपाल, झलनाथ खनाल लगायत नेताको आपसी लेनदेनको झगडा भन्ने खालको चर्चा छ। विल्कुल त्यस्तो होइन। अहिले पार्टीमा सञ्चालन, देश र जनतालाई केन्द्रमा राखेर छलफल भएका छन्। त्यसमा नेतृत्वको विषय पनि एउटा महत्त्वपूर्ण विषय हो। सरकारको समीक्षा गर्ने एउटा एजेण्डा हो। पार्टीको समग्र विषयमा समीक्षा गर्ने कुरा छ। लेखाजोखा हुनुपर्‍यो।

कति सकारात्मक काम भएका छन्। केही कमजोरीहरु भएका छन्। सरकारका कतिपय राम्रा काम पनि भएका छन्। जस्तै लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायत क्षेत्रलाई समेटेर नक्सा जारी भयो। त्यो सरकारले एकदमै राम्रो काम गर्‍यो। सरकारलाई अहिलेको बैठकबाट धन्यवाद दिइसेका छौं। तर कतिपय कमजोरीहरु देखा पर्दै आएका छन्। भ्रष्टाचारका काण्ड एकपछि अर्को गर्दै आइरहेका छन्। ती विषय के हुन भन्ने प्रश्न व्यापक जनताको बीचमा उठिरहेका छन्। त्यसमा छलफल गर्दै जाँदा नेतृत्व परिवर्तन गर्नुपर्छ कि भन्ने पनि उठेको छ। पार्टी अध्यक्ष उहाँ(केपी ओली)बाट चल्दैन भन्ने कुरा पनि आएका छन्। त्यसो गर्नु हुँदैन केही सुधार गरेर उहाँ(केपी)लाई अध्यक्ष राखेर जानुपर्छ भन्ने कुरा पनि आएका छन्। होइन पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा गराउनु पर्छ भन्ने आएका छन्। अनेक खालका विचारहरु आइरहेका छन्। हामी छलफल गरेर उपयुक्त निष्कर्ष पुग्ने छौं।

बाहिरबाट हेर्दा नेतृत्व परिवर्तनलाई मात्रै केन्द्रमा राखेको देखिन्छ? 
मुख्य कुरा एउटा प्रणालीमा सरकार र पार्टी चल्नुपर्‍यो। सिस्टम कहाँनिर भत्कियो? सरकार सञ्चालनमा कहाँ कमजोरी भयो? पार्टीले सरकार सञ्चालन गर्ने भन्छौं। तर पार्टीले सरकार सञ्चालन गरेको छ कि छैन? अहिलेसम्म सरकार कसरी चल्यो त? सरकारले विभिन्न निर्णय र नियुक्ति गर्‍यो, ती नियूक्ति सरकारले कुन विधिबाट गर्‍यो? सरकारले नीति तथा कार्यक्रम राजनीतिक नियुक्तिहरु पार्टी कमिटीमा छलफल भयो कि भएन? कि आफ्नै ढंगले स्वेच्छाले निर्णय गरेर गरिएको छ। अहिलेसम्म नीति तथा कार्यक्रममा विषयमा स्थायी कमिटी बैठकमा छलफल नै भएको छैन। सचिवालयमा छलफल नै भएको छैन।

Xtrem

Xtrem

अरु राजनीतिक नियुक्ति प्रधानमन्त्रीले आफ्नै स्वच्छाले आफैं गर्नुभएको छ। पार्टी कमिटीमा छलफल नै भएको छैन। यही ढंगले चलाउने हो भने कम्युनिस्ट पार्टीको सरकार हुँदैन। यो कुनै व्यक्ति विशेषको सरकार हुन जान्छ। यसले कुनै परिणाम दिन सक्दैन। पार्टीले सरकार सञ्चालन गर्ने भनेको के हो? पार्टी र सरकारबीच कसरी समन्वय गर्ने हो? त्यसको अन्तरनिर्भरता के हो? त्यसको सबै परिभाषित गर्न जरुरी छ। एउटा विधि बसाल्न जरुरी छ। त्यसको लागि नेतृत्व परिवर्तन गर्नुपर्ने हो भने नेतृत्व परिवर्तन गर्नुपर्‍यो। यदि कमिटीले नेतृत्व परिवर्तन गर्न जरुरी ठानेन भने नहुन सक्छ।

अध्यक्ष ओली र प्रचण्डले 'वान टू वान' छलफल गर्न थालेको धेरै दिन भइसक्यो। अरु बहुपक्षीय संवाद पनि जारी छन्। दुई पक्षले आ–आफ्नो अडान छोड्नुभएको छैन। कसरी सहमति होला?
दुई अध्यक्षबीच छलफल चलिरहेको छ। सहमति भए पनि निर्णय कमिटीले गर्ने हो। उहाँ दुई जनाले मात्रै सहमति गरेर हुँदैन। दुई अध्यक्षले कुनकुन विषयमा सहमति गरेर आउनुहुन्छ, त्यो कमिटीमा प्रस्तुत गर्नुहुन्छ। त्यसमा हामीलाई ठीक लागेको कुरा ठीक भन्छौं, बेठीक लागेको कुरालाई बेठीक भन्छौं। अन्तिममा कमिटीले नै निर्णय गर्ने हो।

यदि सहमति कायम गर्न सक्नुभएन भने उहाँबीच कुनकुन विषयमा छलफल भयो, कमिटीमा रिर्पोटिङ होला। त्यो हामी सबैले सुन्छौं। त्यसपछि हामीले के गर्नु पर्छ भनेर सुझाव दिन्छौं। हरेक स्थायी कमिटी सदस्यका सुझाव होलान्। कमिटी बैठकमा आफ्नो विचार व्यक्त गछौं। यदि दुई अध्यक्षमा सहमति नभए कमिटीले एउटा टुंगो लगाउँछ र लगाउनुपर्छ। यस पटक ठोस टुंगो लगाउनुपर्छ भन्ने अवस्थामा पुगेका छौं।

पार्टी सञ्चालन गर्दा केके गर्नुपर्ने? सरकार सञ्चालन गर्दा केके गर्नुपर्ने? केके कुरा सरकार र पार्टी सञ्चालनमा थप्न सकिन्छ भन्ने भन्ने विषयमा समेटिन्छ। यसमा धेरै विषयहरु पर्छन्, छोटो समयमा सम्भव नहोला। समग्र प्याकेजमा सहमति गर्नुपर्छ। अब नेतृत्व परिवर्तन गरेर मात्रै सबै समस्याको हल हुँदैन।

भिडियो

प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  १८:५१
  • #युवराज_ज्ञवाली

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्