• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस १३, २०८२ Sun, Dec 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

यथास्थितिमा नेकपा सरकार चल्न सक्दैन : युवराज ज्ञवाली [अन्तर्वार्ता]

64x64
वीरेन्द्र ओली आइतबार, साउन ४, २०७७  १८:५१
1140x725

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल लगायत बहुमत सचिवालय सहित स्थायी कमिटी सदस्यहरुले राजीनामा मागेपछि विवाद सुरु भयो। ओलीले दुवै पदबाट मात्रै नभई एक पदबाट समेत राजीनामा नदिने अडान कायमै राखेका छन्। उता अध्यक्ष प्रचण्ड सहित बहुमत सचिवालय सदस्यहरुले ओलीले कम्तीमा एक पदबाट राजीनामा दिनुपर्ने अडानमै छन्।

दुवै पक्ष आ–आफ्नो अडानमा टसमस नभएपछि अहिलेसम्म स्थायी कमिटी बैठक आठौं पटकसम्म स्थगित भइसकेको छ। पटकपटक स्थायी कमिटी बैठक स्थगित हुँदा नेताहरु समेत आजित भइसकेका छन्। असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक २५ दिनदेखि जारी छ। नेकपा भित्रको किचलो, सरकार सञ्चालनमा देखिएका समस्या र समाधानका विभिन्न पक्षसँग केन्द्रित भई नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीसँग नेपाल लाइभकर्मी वीरेन्द्र ओलीले गरेको कुराकानीको सम्पादित अंशः

पछिल्लो समय नेकपाको अन्तरद्वन्द्व फुट र विभाजनसम्म पुग्न थालेको थियो। खास अहिले पार्टीभित्रको अन्तरकलह कहाँ पुगेको हो?
पहिलो कुरा यो शब्द 'करेक्सन' गर्नुपर्छ जस्तो लाग्छ। यसलाई अन्तरकलह नभनेर अन्तरद्वन्द्वभन्दा राम्रो हुन्छ। यसलाई अन्तरविरोध, अन्तरसंघर्ष, बहस, विवाद, छलफल रुपमा लिनुपर्छ। कलहको रुपमा लिनुहुँदैन। यो हाम्रो कुनै घर झगडा होइन। हाम्रो बहस, विवाद, छलफल हो।

पार्टीलाई ठीकसँग कसरी सञ्चालन गर्ने भनेर नै हामीले यसरी बहस गरिरहेका छौं। सरकारलाई कसरी प्रभावकारी रूपमा परिचालन गरी जनताको अपेक्षा पूरा गर्ने? कोरोना महामारी, बाढीपहिरो, सलह, बेरोजगारी लगायतका जनताका समस्यालाई कसरी सम्बोधन गर्छौ? यी मुद्दालाई कसरी ठीक ढंगले लग्न सक्छौं भनेर नै हामीले यसरी बहस चलाएका छौं। देशमा आर्थिक विकास र समृद्धिको कामलाई कसरी तीव्र रूपमा लग्न सक्छौं भन्ने छ? यी विषयमा पार्टीभित्र व्यापक बहस छलफल चल्दै आएको छ। यो चलिरहन्छ। चल्ने क्रममा थोरै क्लाइमेक्समा मात्रै पुगेको हो। अहिलेसम्म बहस कहीँ पनि पुगेको छैन। यो छलफलमै केन्द्रित छ।

बाहिर सहमति भयो भन्ने गरिन्छ नि?
बाहिर चर्चा गरेजस्तो कुनै सहमति भएको छैन। अहिले बैठक जारी छ। बीचमा अहिले एक हप्ता बाढी पहिरोका कारण एक हप्ता स्थगित गर्‍यौं। अहिले १७/१८ जनाले बोलिसकेका छौं। अरु नेता साथीहरु बोल्न बाँकी हुनुहुन्छ। आ–आफ्ना विचार व्यक्त गर्ने क्रम जारी छ। फेरी दोहोर्‍यार भन्न चाहन्छु। पार्टीलाई कसरी राम्रोसँग चलाउने? पार्टीलाई कसरी एकताबद्ध बनाउने? पार्टीलाई एउटा प्रणाली र विधिमा कसरी लग्ने? सरकारलाई जनताको अपेक्षा अनुसार कसरी प्रभावकारी ढंगले लग्ने भन्ने विषयमा बहस केन्द्रित छ। कुनै सहमति भएको छैन। कुनै टुगो लागेको छैन। यो बैठकले विवादको टुंगो लगाउँछ।

विवाद उत्कर्षमा पुगेको छ। समाधानको बाटो के हुन सक्छ?
समाधानका अनेक उपाय हुन सक्छन्। अनौचारिक छलफलहरु भइरहेका छन्। सहमतिका लागि दुई अध्यक्षले ५/६ पटक संवाद गरिसक्नुभएको छ। अनौपचारिक भेटघाट छलफल जारी राखेका छौं। सबैको ध्येय यथास्थितिमा पार्टी र सरकार चल्न सक्दैन। अहिले जसरी नेकपा चल्दै आएको छ। सरकार जुन ढंगले चल्दै आएको छ। यथास्थितिमा यही ढंगले पार्टी र सरकार दुवै चल्न सक्दैनन्। यही तरिकाले चलेर प्रगति गर्ने र परिणाम ल्याउने स्थिति छैन। यसमा एउटा महत्त्वपूर्ण परिवर्तन अनिवार्य गर्नुपर्छ। कसरी समाधानको बाटो खोज्ने भन्ने विषयमा छलफल गर्दै छौं। बहस गर्दै छौं। एउटा उपयुक्त निकास निकाल्ने प्रयास गरिरहेका छौं। हामी एउटा निकास निकाल्छौं। एउटा सहमतिमा पुग्छौं।

यदि सहमति भएन भने कमिटीबाट निर्णय गर्छौं। निर्णय गर्दा सकेसम्म सर्वसम्मतिले गर्छौं। भएन भने अल्पमत वा बहुमतका आधारमा पनि स्थायी कमिटीबाट निर्णय हुन्छ। नभए, केन्द्रीय कमिटी बैठक बसालेर निर्णय गर्छौं। निर्णय गरेर कार्यन्वयन गरेर जान्छौं। अहिले यसै जाने भन्ने अवस्था छैन। तर, विषय विभिन्न उठिरहेका छन्। हामी छलफल गर्छौं।

Ncell 2
Ncell 2

प्रधानमन्त्रीको कामलाई प्रभावकारी बनाउने, पार्टीलाई विधि, विधानमा ल्याउने कुरामा तपाईंहरुको प्रयास हुन सक्छ। तपाईंहरुबाट उहाँलाई दुवै पदबाट राजीनामा गराएर भित्तामा पुर्‍याउने खेल भयो नि?
यो कुनै व्यक्ति विषेशसँगको कुरा होइन। व्यक्ति विशेषबीचको लडाइँ वा झगडा पनि होइन। बाहिर प्रधानमन्त्री केपी ओली, प्रचण्ड माधव नेपाल, झलनाथ खनाल लगायत नेताको आपसी लेनदेनको झगडा भन्ने खालको चर्चा छ। विल्कुल त्यस्तो होइन। अहिले पार्टीमा सञ्चालन, देश र जनतालाई केन्द्रमा राखेर छलफल भएका छन्। त्यसमा नेतृत्वको विषय पनि एउटा महत्त्वपूर्ण विषय हो। सरकारको समीक्षा गर्ने एउटा एजेण्डा हो। पार्टीको समग्र विषयमा समीक्षा गर्ने कुरा छ। लेखाजोखा हुनुपर्‍यो।

कति सकारात्मक काम भएका छन्। केही कमजोरीहरु भएका छन्। सरकारका कतिपय राम्रा काम पनि भएका छन्। जस्तै लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायत क्षेत्रलाई समेटेर नक्सा जारी भयो। त्यो सरकारले एकदमै राम्रो काम गर्‍यो। सरकारलाई अहिलेको बैठकबाट धन्यवाद दिइसेका छौं। तर कतिपय कमजोरीहरु देखा पर्दै आएका छन्। भ्रष्टाचारका काण्ड एकपछि अर्को गर्दै आइरहेका छन्। ती विषय के हुन भन्ने प्रश्न व्यापक जनताको बीचमा उठिरहेका छन्। त्यसमा छलफल गर्दै जाँदा नेतृत्व परिवर्तन गर्नुपर्छ कि भन्ने पनि उठेको छ। पार्टी अध्यक्ष उहाँ(केपी ओली)बाट चल्दैन भन्ने कुरा पनि आएका छन्। त्यसो गर्नु हुँदैन केही सुधार गरेर उहाँ(केपी)लाई अध्यक्ष राखेर जानुपर्छ भन्ने कुरा पनि आएका छन्। होइन पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा गराउनु पर्छ भन्ने आएका छन्। अनेक खालका विचारहरु आइरहेका छन्। हामी छलफल गरेर उपयुक्त निष्कर्ष पुग्ने छौं।

बाहिरबाट हेर्दा नेतृत्व परिवर्तनलाई मात्रै केन्द्रमा राखेको देखिन्छ? 
मुख्य कुरा एउटा प्रणालीमा सरकार र पार्टी चल्नुपर्‍यो। सिस्टम कहाँनिर भत्कियो? सरकार सञ्चालनमा कहाँ कमजोरी भयो? पार्टीले सरकार सञ्चालन गर्ने भन्छौं। तर पार्टीले सरकार सञ्चालन गरेको छ कि छैन? अहिलेसम्म सरकार कसरी चल्यो त? सरकारले विभिन्न निर्णय र नियुक्ति गर्‍यो, ती नियूक्ति सरकारले कुन विधिबाट गर्‍यो? सरकारले नीति तथा कार्यक्रम राजनीतिक नियुक्तिहरु पार्टी कमिटीमा छलफल भयो कि भएन? कि आफ्नै ढंगले स्वेच्छाले निर्णय गरेर गरिएको छ। अहिलेसम्म नीति तथा कार्यक्रममा विषयमा स्थायी कमिटी बैठकमा छलफल नै भएको छैन। सचिवालयमा छलफल नै भएको छैन।

अरु राजनीतिक नियुक्ति प्रधानमन्त्रीले आफ्नै स्वच्छाले आफैं गर्नुभएको छ। पार्टी कमिटीमा छलफल नै भएको छैन। यही ढंगले चलाउने हो भने कम्युनिस्ट पार्टीको सरकार हुँदैन। यो कुनै व्यक्ति विशेषको सरकार हुन जान्छ। यसले कुनै परिणाम दिन सक्दैन। पार्टीले सरकार सञ्चालन गर्ने भनेको के हो? पार्टी र सरकारबीच कसरी समन्वय गर्ने हो? त्यसको अन्तरनिर्भरता के हो? त्यसको सबै परिभाषित गर्न जरुरी छ। एउटा विधि बसाल्न जरुरी छ। त्यसको लागि नेतृत्व परिवर्तन गर्नुपर्ने हो भने नेतृत्व परिवर्तन गर्नुपर्‍यो। यदि कमिटीले नेतृत्व परिवर्तन गर्न जरुरी ठानेन भने नहुन सक्छ।

अध्यक्ष ओली र प्रचण्डले 'वान टू वान' छलफल गर्न थालेको धेरै दिन भइसक्यो। अरु बहुपक्षीय संवाद पनि जारी छन्। दुई पक्षले आ–आफ्नो अडान छोड्नुभएको छैन। कसरी सहमति होला?
दुई अध्यक्षबीच छलफल चलिरहेको छ। सहमति भए पनि निर्णय कमिटीले गर्ने हो। उहाँ दुई जनाले मात्रै सहमति गरेर हुँदैन। दुई अध्यक्षले कुनकुन विषयमा सहमति गरेर आउनुहुन्छ, त्यो कमिटीमा प्रस्तुत गर्नुहुन्छ। त्यसमा हामीलाई ठीक लागेको कुरा ठीक भन्छौं, बेठीक लागेको कुरालाई बेठीक भन्छौं। अन्तिममा कमिटीले नै निर्णय गर्ने हो।

यदि सहमति कायम गर्न सक्नुभएन भने उहाँबीच कुनकुन विषयमा छलफल भयो, कमिटीमा रिर्पोटिङ होला। त्यो हामी सबैले सुन्छौं। त्यसपछि हामीले के गर्नु पर्छ भनेर सुझाव दिन्छौं। हरेक स्थायी कमिटी सदस्यका सुझाव होलान्। कमिटी बैठकमा आफ्नो विचार व्यक्त गछौं। यदि दुई अध्यक्षमा सहमति नभए कमिटीले एउटा टुंगो लगाउँछ र लगाउनुपर्छ। यस पटक ठोस टुंगो लगाउनुपर्छ भन्ने अवस्थामा पुगेका छौं।

पार्टी सञ्चालन गर्दा केके गर्नुपर्ने? सरकार सञ्चालन गर्दा केके गर्नुपर्ने? केके कुरा सरकार र पार्टी सञ्चालनमा थप्न सकिन्छ भन्ने भन्ने विषयमा समेटिन्छ। यसमा धेरै विषयहरु पर्छन्, छोटो समयमा सम्भव नहोला। समग्र प्याकेजमा सहमति गर्नुपर्छ। अब नेतृत्व परिवर्तन गरेर मात्रै सबै समस्याको हल हुँदैन।

भिडियो

प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  १८:५१
  • #युवराज_ज्ञवाली

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
पोखरा पुगेर कुलमानले भने: सम्मान र स्वाभिमान नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छौं आइतबार, पुस १३, २०८२
सुनको मूल्य तोलामा २ लाख ७० हजार नाघ्यो आइतबार, पुस १३, २०८२
बालेन-रवि सहमतिबारे पोखरेलको टिप्पणी: ‘नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ’ आइतबार, पुस १३, २०८२
एमाले सचिवालय बैठकको समय सर्‍यो आइतबार, पुस १३, २०८२
बंगलादेश प्रिमियर लिग : मैदानमै ढलेका ढाका क्यापिटल्सका सहायक प्रशिक्षकको निधन आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष शनिबार, पुस १२, २०८२
बालेन-रवि सहमतिबारे पोखरेलको टिप्पणी: ‘नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ’ आइतबार, पुस १३, २०८२
कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन, सबैलाई स्वीकारेर अघि बढ्नु पर्छ: कुलमान घिसिङ शनिबार, पुस १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्