• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

ड्रोनको प्रयोग गरेर पहिरोको अध्ययन

64x64
रासस आइतबार, साउन ४, २०७७  १०:५९
1140x725
प्रतीकात्मक तस्बिर

म्याग्दी- पहिरोको जोखिम अध्ययनका लागि म्याग्दीको धवलागिरि गाउँपालिकामा ड्रोनको प्रयोग गरिएको छ। नेपाल प्रहरीको विपद् व्यवस्थापन गुल्म बागलुङबाट आएको टोलीले पहिरोको जोखिमयुक्त बस्तीमा स्थलगत निरीक्षणका साथै आकाशमा ड्रोन उडाएर दृश्य र तस्वीर सङ्कलन गरेको हो। 

असार ३० गते प्रहरी निरीक्षक सागर रानाको नेतृत्वमा पहिरो प्रभावित क्षेत्रमा गएको बागलुङका सात र गण्डकी प्रदेश प्रहरी कार्यालयको तीन जनाको टोलीले धारापानी, ताकम, काफलडाँडा र कल्लेनीमा पहिरोको अध्ययन गरेको हो। जमीन धाँजा फाटेर पहिरो जान लागेको र गइसकेको ठाउँमा पुगेर अध्ययन गरेको थियो। धेरै भूगोल र पहिराले असर पार्न सक्ने क्षेत्रको दृश्य तथा तस्वीर देखिने भएकाले तस्वीर तथा दृश्य सङ्कलनमा ड्रोन क्यामेराको प्रयोग गरेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए।

गाउँपालिकाको अनुरोध र विपद् व्यवस्थापन समितिको योजनाअनुसार ड्रोनबाट तस्वीर र दृश्य सङ्कलनका लागि बेनीको नमस्ते म्याग्दी डिजिटल कलर ल्याबका कृष्णराज पौडेल पहिरो प्रभावित क्षेत्रमा जाएका थिए। टोली शनिबार फर्किएको छ। विपद् व्यवस्थापनमा खटिने नेपाल प्रहरीको सो टोलीमा विपद्सम्बन्धी तालिमप्राप्त अनुभवी जनशक्ति छन्। उनीहरुले कल्लेनीको पहिरोमा बेपत्ता दुईको दुई दिनसम्म खोजी गरे पनि फेला पार्न सकेनन्। 

मानवीय क्षति नभए पनि धारापानी, ताकम, आटेवीर र काफलडाँडामा करिब २५० घरधुरी र मालिका गाउँपालिकाको देवीस्थानमा ९० घरधुरी पहिरोको उच्च जोखिममा छन्। जमीन धाँजा फाटेर घर भत्किने, पर्खाल चिरा पर्न थालेपछि स्थानीयवासी आफन्त, सामुदायिक भवन र खाली भएका घरमा बसेका छन्। गत असार २५ गतेको पहिरोका कारण धवलागिरि गाउँपालिकाको मराङ, मालिकाको बिम र रघुगङ्गाको ठाडाखानीमा २८ जनाको ज्यान गएको छ। तीन जना अझै बेपत्ता छन्। पहिरोका कारण ९२ घरमा पूर्ण, ४४ घरमा आंशिकरूपमा क्षति पुगेको छ। ६०६ पूर्ण र २०४ जना आंशिकरूपमा प्रभावित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

दरवाङबाट ताकम, बिम र मराङ जोड्ने सडक अवरुद्ध भएको छ। ताकम धारापानी हुँदै दरवाङ जोड्ने सडक मर्मत अन्तिम चरणमा पुगेको छ। दरवाङबाट बिम हुँदै मराङ जोड्ने सडक मर्मत पनि भइरहेको छ। सडक, विद्युत्, सञ्चारसेवा अवरुद्ध हुँदा पहिरोपीडितलाई राहत, व्यवस्थापन र पुर्नवासका काममा अप्ठ्यारो भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

पहिरोपिडीतलाई खाली घरमा व्यवस्थापन
म्याग्दीको मालिका गाउँपालिका–७ बिमका पहिरोपीडितलाई खाली घरमा व्यवस्थापन गरिएको छ। असार २५ गतेको पहिरोबाट घरबास गुमाएका पीडितलाई बेनी, पोखरा, काठमाडौँलगायत देशका विभिन्न ठाउँ र विदेशमा गएर खाली भएका घरमा व्यवस्थापन गरिएको हो।

सामुदायिक भवन, विद्यालय र अस्थायी टहराको विकल्पमा घरधनीको सहमतिमा पहिरोपीडितलाई राखी घरमा राख्न थालिएको वडाध्यक्ष रेशम जुग्जालीले बताए। 'पहिरोलगत्तै किसानी मावि र मालिका आधारभूत विद्यालयको भवनमा पीडितलाई राखेका थियौँ', उनले भने, 'धेरैजसोलाई खाली भएका आफन्तका घरमा सारेका छाैं। बाँकी भएकालाई पनि राख्न घरको खोजी भइरहेको छ।'

बिमको दुले, नौरु, दुले, डाँडागाउँ र बाइन्दफाँटमा गएको पहिरोमा आठ जनाको ज्यान गएको थियो। पहिरोले बगाएर, भत्काएर र पुरिएर ३५ घर पूर्णरूपमा क्षति पुगेको छ। पचास घर पहिरोको उच्च जोखिममा भएकाले त्यहाँ बस्न नमिल्ने अवस्थामा छन्। 

Xtrem
Xtrem

उच्च जोखिममा रहेका घरका सामान सुरक्षित ठाउँका आफन्तकोमा सारेका छन्। दिनमा घरमा गए पनि रातको समयमा उनीहरु त्यहाँ सुत्दैनन्। बाइन्दफाँटका पाँच र तल्लोगाउँका तीन परिवारलाई व्यवस्थापन गर्न बाँकी छ। स्थायी आवासको बसोबास नहुँदासम्म खाली भएका घरमा व्यवस्थापन गर्ने नीति लिइएको हो। आर्थिक, सामाजिक, सुरक्षा र व्यवस्थापनका हिसाबले खाली घरमा बस्दा धेरै सहज हुने पहिरो पीडितको भनाइ छ। स्थायी बसोबासका लागि जग्गाको खोजी गर्न पहल भएको छ। पुनःस्थापनाका लागि स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुले समेत सघाउन आर्थिक सङ्कलन गरिरहेका छन्। 

पहिरोमा परेर श्रीमती र छोरीलाई गुमाएका दुलेका सोमनाथ शर्माको परिवार मङ्गला गाउँपालिकाको तोराखेतस्थित दाइको घरमा गएर किरिया बसेका छन्। एलिशा केसीका अभिभावक पनि चुत्रेनीस्थित आफन्तकहाँ गएर किरिया बसेका छन्। बिम तल्लोगाउँका एक परिवारमा भएका तीन जनाकै ज्यान गएको थियो। अर्को परिवारमा दुई जनालाई गुमाएका एक जना घाइते भएकाले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका छन्। 

बिममा रहेका युवा क्लबले पहिरोका कारण अवरुद्ध भएको खानेपानी र घोरेटो बाटो मर्मत गरेका छन्। विद्यालयमा बसेको अवस्थामा आमा समूहले पहिरोपीडितलाई खाना खुवाउन सहयोग गरेका थिए। पहिरोमा बेपत्ताको खोजी, उद्धार र राहत तथा पीडितको व्यवस्थापनमा समेत युवा क्लब र आमा समूहले सुरक्षा निकाय तथा जनप्रतिनिधिलाई सघाएका थिए। 

बिम खारा हुँदै गाउँपालिकाको केन्द्र दरवाङ जोड्ने सडकअन्तर्गत दाङखोला र म्याग्दी नदीको दोभानस्थित बाधराजथानसम्म मर्मत भएको छ। त्यहाँ सडकको आधारसहित धेरै भाग कटान भएकाले मर्मतमा चुनौती थपिएको छ। अवरुद्ध विद्युत् सेवालाई सञ्चालनका लागि समेत नेपाल विद्युत् प्राधिकरणसँग पहल भएको छ। सडक खुलाएर पहिरोपीडितलाई अस्थायी बसोबासका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा र बन्दोबस्तीका सामान उपलब्ध गराउने योजना बनाएको वडाध्यक्ष जुग्जालीले बताए।

प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  १०:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
देउवाको योगदान सम्झिँदै गगनले भने: ‘मञ्चमा दाइहरू हुनुपर्थ्यो’ बुधबार, असोज २१, २०८३
सामसङ नेपालद्वारा 'ग्यालेक्सी ए०८ एलटीई' सार्वजनिक, एआई फिचर, ६ हजार एमएएच ब्याट्री र ६ वर्षको सफ्टवेयर सपोर्ट बुधबार, असोज २१, २०८३
अनर ट्रिपल फेस्टः तीन चाडको बहार, उपहारै उपहार, ८ जनालाई थाइल्यान्ड भ्रमणको अवसर बुधबार, असोज २१, २०८३
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान बुधबार, असोज २१, २०८३
उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयक प्रतिवेदन पारित बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्