• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर ८, २०८३ Tue, Nov 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बारेकोट पहिराे पीडितकाे गुनासाे- हेलिकाेप्टर आयाे, खाद्यान्न आएन

64x64
नेपाल लाइभ आइतबार, साउन ४, २०७७  १०:३०
1140x725
प्रतीकात्मक तस्बिर

जाजरकोट- गत शुक्रबारकाे पहिरोबाट प्रभावित बारेकोट गाउँपालिकाका विभिन्न ठाउँमा खाद्यान्न आपूर्ति नहुँदा समस्या हुँदै आएको छ। बारेकोटमा तीनपटक हेलिकाेप्टर पुगे पनि आवश्यक खाद्यान्न ढुवानी हुन नसक्दा स्थानीयवासीलाई समस्या भएको हो। गैरखाद्य सामग्री मात्र ढुवानी भएपछि खाद्यान्न ढुवानीको आसमा बसेका ५०० विस्थापित सर्वसाधारण दुःखी भएका हुन्।

बारेकोट सिनचौरका कालीबहादुर कामीले हेलिकाेप्टरले खानेकुरा ल्याउला भनेको कम्मल र त्रिपाल मात्र लिएर आएको बताए। 'घर छाडेको आज हप्ता दिन बढी भइसक्यो, घरमा भएको केही चामल र पिठो ल्याएर अहिलेसम्म जेनतेन गुजरा चलायौँ। अब के खाने? राहत आउला भन्ने आसमा थियौँ तर अहिलेसम्म राहत पाइएन', उनले गुनासो सुनाउँदै भने, 'त्रिपाल र कम्मलको पनि आवश्यकता छ तर त्यो भन्दा पनि महत्वपूर्ण कुरा पेट भर्नु छ। बाँच्नका लागि पनि नखाई भएन तर के खाने? हेलिकाेप्टरको आवाज सुन्दा पनि केही खानेकुरा ल्याउँछ कि भनेर आशा जाग्छ।'

पहिरो गएयता तीनपटक हेलिकाेप्टर आइसकेको छ तर हेलिकाेप्टरले केही थान त्रिपाल, कम्मल र सात बोरा चामल मात्र त्यहाँ पुर्‍याएको छ। 'गत असार २६ गतेदेखि स्थानीय कालिका प्राविमा बसेका छौँ। विद्यालयको छाना चुहिन्छ। खाने अन्न छैन, घरमा भएको अन्न पिस्ने घट्ट खोलामा आएको बाढीले बगायो, के खाएर बाँच्ने हो', कामीको भनाइ छ। बाढीपहिरोको त्रासले एक हजार ५५ परिवार विस्थापित भएर स्थानीय विद्यालय, गोठ र चौरमा बसिरहेका छन् तर धेरै परिवारसँग खाद्यान्न सकिँदै गएको छ। बारेकोटमा किनेर खाने खाद्यान्न पनि पाइँदैन।

खाद्यान्न नपाइएपछि विस्थापित भोकभोकै पर्न थालेको गाउँपालिका उपाध्यक्ष ओमा शाहीले बताइन्। बारेकोटमा उत्पादित अन्नले वर्ष दिनमा ६ महिना मात्र खान पुग्छ। यातायात असुविधाका कारण ढुवानी समस्याले निजी क्षेत्रका खाद्य पसल छैनन्। मानिस खाद्य संस्थानको चामलमै भर पर्ने गरेका छन्। तर, खाद्य डिपो महिना दिनदेखि रित्तै हुँदा समस्या भएको हो। बर्सेनि खाद्य सङ्कट भइरहने बारेकाटका करिब २० हजार बासिन्दाका लागि भनेर सरकारले स्थापना गरेको खाद्य डिपो यतिबेला रित्तै छ। 

बारेकोटमा खाद्य सङ्कट दिनहुँ चुलिँदै गएको छ। तर, ढुवानीको जिम्मा लिएका ठेकेदारले चामल ढुवानी नगर्दा समस्या देखिएको छ। बारेकोटको खाद्य सङ्कट टार्न सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चालु आर्थिक वर्षमा थपसहित तीन हजार ५०० क्विन्टल चामलको कोटा निर्धारण गरेको छ। उक्त चामल ढुवानीका लागि सरकारले अनुदान दिँदै आएको छ। तर, आर्थिक वर्ष सकिँदा पनि चामल ढुवानीको जिम्मा लिएका एनबी विल्डर्सका प्रतिनिधि मानबहादुर खड्काले दुई हजार ४४२ क्विन्टल मात्र चामल ढुवानी गरेका छन्। एक हजार ५८ क्विन्टल चामल ढुवानी नगर्दा बारेकोटमा खाद्य सङ्कट परेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

'गाउँमा खाद्यान्नको अभाव छ, ठेकेदारले चामल ढुवानी गर्दैनन्। गाउँमा उत्पादन भएको अन्न सकियो, पसल छैनन्। डिपो रित्तै छ, के किनेर खाने?' विस्थापित बारेकोट–४ का देवराज बोहोराले भन्नुभयो। विस्थापित परिवार विपन्न वर्गका छन्। लकडाउनकै कारण धेरै मानिस गाउँ फर्किएका छन्। रोजगारीका अवसर छैनन्, त्यही माथि पहिरोले बारेकोटका विभिन्न गाउँ तथा बस्ती छियाछिया परेका छन्। मानिस कामको खोजीमा बाहिर निस्कन सकिरहेका छैनन्। वर्षा रोकिएको छैन। विस्थापित सबै परिवार राहतकै पर्खाइमा छन्, तर अहिलेसम्म कतैबाट सहयोग भएको छैन।

'बारेकोटका जिरी, तल्लोजिरी, धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा, कोट्लीलगायतका गाउँमा केही दिनमै भोकमरीको अवस्था सिर्जना हुँदैछ। गाउँपालिका एक्लैले विपद्को सामना गर्न सक्ने अवस्था छैन। विस्थापितलाई खानबस्नका लागि निकै समस्या छ', उपाध्यक्ष शाहीले भनिन्। यातायात र सञ्चार सम्पर्कबाट बिच्छेद हुँदा पनि पहिरो प्रभावितलाई सहयोग तथा राहतमा समस्या भएको छ। राहत सामग्रीका लागि हवाईमार्ग बाहेकको विकल्प छैन तर केन्द्र सरकार सुन्दैन। बारेकोटको एक गाउँबाट अर्को गाउँ जान र एक वडाबाट अर्को वडा जान कम्तीमा छ घण्टा लाग्ने भएकाले पनि तथ्याङ्क सङ्कलनमा समस्या भएको उनले पीडा सुनाइन्।

पानी निरन्तर परिरहेकाले जमीन भासिने र पहिरो जाने क्रम नरोकिँदा पहिरो जाने डरले घर छाडेका स्थानीयवासी विद्यालय, आफन्त, गोठ र सार्वजनिक चौरमा त्रिपाल हालेर बसिरहेका छन्। धेरैजसो विस्थापित स्थानीय विद्यालयमा बसिरहेका छन्। उनीहरु त्रिपाल पाए चौरमै बस्न चाहन्छन् तर त्रिपाल नहुँदा कोरोनालगायतको जोखिम मोलेरै सयाैंको सङ्ख्यामा कोचिएर बस्न विवश भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले भने।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

गत असार २५ मा बारेकोट–४ सार्कीटोलमा गएको पहिरोमा परी ११ जनाको ज्यान गएको थियो भने एक जना अझै बेपत्ता भएका छन्। त्यस्तै बारेकोट–६ धुमाखोलाले बगाउँदा बेपत्ता दुई जना पनि अझै फेला पर्न सकेका छैनन्।
हेमन्त केसी- रासस

प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  १०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पापडको ऐक्यबद्धतासहित पत्रकार महासंघको धुलिखेल सम्मेलनबाट जारी १६ बुँदे प्रस्तावमा के के छन् ?
नेपाल टेलिकममा अन्तर्राष्ट्रिय बहिर्गमन कलको पल्स अवधि ६० सेकेन्ड
दाङ पुगेर देउवाले भने– पाँचपटक प्रधानमन्त्री भइसकेँ, अब जीवनभर देशको सेवा गर्छु
सम्बन्धित सामग्री
भूमि प्रशासनको काम गर्न स्थानीय तहलाई परिपत्र भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै सञ्चालनमा आए नागरिकलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ । शुक्रबार, मंसिर ४, २०८३
काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ सातौँ तथा अन्तिम दिन जलवायु परिवर्तनका असर न्यूनीकरणमा नागरिक समाज, गैरसरकारी संस्था तथा अन्तरसरकारी संस्थाको दायित्वका विषयमा छलफल... बिहीबार, मंसिर ३, २०८३
काठमाडौं चौबिसै घण्टा खुला कति सम्भव ? काठमाडौंका अन्य बजार तथा व्यापारिक क्षेत्रसमेत चौबिसै घण्टा सञ्चालन गर्ने सम्बन्धमा स्थानीय तह, विभिन्न विभाग, सरकारी कार्यालय, याता... बिहीबार, मंसिर ३, २०८३
ताजा समाचारसबै
पापडको ऐक्यबद्धतासहित पत्रकार महासंघको धुलिखेल सम्मेलनबाट जारी १६ बुँदे प्रस्तावमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
नेपाल टेलिकममा अन्तर्राष्ट्रिय बहिर्गमन कलको पल्स अवधि ६० सेकेन्ड सोमबार, मंसिर ७, २०८३
दाङ पुगेर देउवाले भने– पाँचपटक प्रधानमन्त्री भइसकेँ, अब जीवनभर देशको सेवा गर्छु सोमबार, मंसिर ७, २०८३
परराष्ट्रमन्त्री खनालले भने–प्रधानमन्त्रीको भारत भ्रमण सफल र उपलब्धिमूलक भएको छ सोमबार, मंसिर ७, २०८३
नेपाल पुग्नेबित्तिकै प्रधानमन्त्री बालेनले दिए मोदी र भारतीय जनतालाई धन्यवाद सोमबार, मंसिर ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
किन जारी भयो पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी ? आइतबार, मंसिर ६, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
प्रधानमन्त्री बालेनसँगको भेटपछि भारतीय विदेशमन्त्रीले के भने ? आइतबार, मंसिर ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्