प्रतीकात्मक तस्बिर
कैलाली- कैलालीमा माछा मार्ने क्रममा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ।
जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ६ बसन्तामा माछा मार्ने क्रममा स्थानीय इटा भट्टा खोलाले बगाएर १२ वर्षीया उर्मिला चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए। खोलाले बगाएको करिब २ घण्टापछि उनी मृत फेला परेकी थिइन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।