• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

नेता कमरेडलाई प्रदीप ज्ञवालीको आह्वान- धुरी खाँबो भाँचियो भने घरै भत्किन्छ

64x64
प्रदीप ज्ञवाली शनिबार, साउन ३, २०७७  ०९:५०
1140x725

नेता कमरेडहरु!
विगत केही समय यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जारी विवादका कारण देशैभरिका नेता–कार्यकर्ता, पार्टी सदस्य र समर्थक–शुभचिन्तकहरु अत्यन्त चिन्तित हुनुहुन्छ। विभाजन र विखण्डनको क्रमलाई भङ्ग गर्दै दुई मुख्य कम्युनिष्ट पार्टीहरुको एकीकरण पश्चात् निर्माण भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), इतिहासमै पहिलोपल्ट हासिल भएको राजनीतिक स्थायित्व एवं भर्खर सुरु भएको समृद्धिको यात्रा कतै ‘दुई दिनको जुनेली, फेरि उही अँध्यारो रात’ भने झैँ हुने त होइन? यस प्रश्नले सिङ्गो देशलाई पिरोलिरहेको छ। हामी आशावादी त छौँ, तर ढुक्क हुन सकेका छैनौँ।

नेता कमरेडहरु !
धुरीखाँबो भाँचियो भने घरै भत्किन्छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज नेपालमा क्रियाशील विभिन्न पार्टीहरुको बीचमा एक थान पार्टी मात्रै होइन। यो त देशको मुख्य लोकतान्त्रिक शक्ति हो। संविधानको मुख्य रक्षक हो। यससँग कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुको मात्रै होइन, लोकतान्त्रिक गणतन्त्र, प्रगतिशील संविधान, सामाजिक न्याय र समावेशी प्रणाली सहितको संघीयताकै भविष्य पनि जोडिएको छ। अग्रमोर्चा कमजोर हुँदा आन्दोलन पराजित हुन्छ, तसर्थ यस पार्टीसँग मुलुकको देशभक्तिपूर्ण आन्दोलन र राष्ट्रियता समेत अविभाज्य ढङ्गले आवद्ध छ। कुनै पनि निर्णय गर्नु अघि कमरेडहरुलाई यस यथार्थलाई मनन गरिदिनु हुन आग्रह गर्दछु।

नेता कमरेडहरु !
३१ महिना अगाडि हामी जनतासमक्ष पुगेका थियौँ, मुख्यतः दुईवटा प्रतिवद्धता लिएर। हामीले भनेका थियौँ– हामीलाई मत दिनुहोस्, हामी मुलुकमा राजनीतिक स्थायित्व कायम गर्छौ। हामीलाई मत दिनुहोस्, हामी मुलुकलाई समृद्धि दिन्छौँ। ‘सुखी नेपाली र समृद्ध नेपाल’ को हाम्रो आह्वानमाथि भर परेर, विश्वास गरेर, जनताले हामीलाई अपार मत दिनुभयो। सामान्य बहुमत होइन, सुविधाजनक बहुमत मात्रै पनि होइन, झण्डै दुई तिहाई मत दिनुभयो। सम्झौँ ती मतदाताहरुलाई, जसले उज्यालो नहुँदै मतदान केन्द्रमा पङ्क्तिवद्ध भएर, पालो कुरेर मत खसाउनु भयो। सम्झौँ ती मतदाताहरुलाई, जसले खाली खुट्टा शीत टेक्दै आएर मत खसाउनु भयो।

सम्झौँ ती मतदाताहरुलाई, जसले विमारी भएको अवस्थामा स्ट्रेचरमा बोकिएर, आशौच बसेको अवस्थामा आफन्तको मृत्यु वियोग बिर्सेर, वृद्धावस्थामा लौरो टेकेर, सुत्केरी अवस्थामा अत्यन्त ठूलो जोखिम व्यहोर्दै हामीलाई विश्वास सुम्पिनुभयो। हाम्रो पक्षमा खसेका मतहरु कागजका टुक्राहरुमात्रै थिएनन्, हामीलाई जनताले दिएको विश्वासका तमसुक थिए, आफ्नो भविष्य सुरक्षित हुने ठानेर गरिएका भरपाइ थिए। कुनै पनि निर्णय गर्नु पूर्व एक पटक ती मतदाताहरुको आँखामा छचल्किएको उज्यालो सपना र कथम् कदाचित् कुनै अप्रिय दुर्घटना भयो हुने त्यसका कारण ती सपनाहरु भङ्ग हुँदा भरिने निराशा र विषादका आँशुहरु सम्झिनुहोस्।

नेता कमरेडहरु !
हाम्रो यात्रा त भर्खर सुरु भएको छ। राजनीतिक परिवर्तन पो हामीले सम्पन्न गरेका छौँ, त्यो पनि अझै अधुरो– अधुरो र कमजोर छ। यी उपलब्धिको जगमा उभिएर जनतालाई सामाजिक न्याय सुनिश्चित गर्न बाँकी नै छ। समृद्धिको जग मात्रै बसालिएको छ, भवन खडा गर्न बाँकी नै छ। समाजवादतिरको यात्रा त भर्खर सुरु मात्रै भएको छ, त्यो पनि निकै धिमा गतिमा। यो परिवर्तनका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने सहिदहरुका परिवारलाई उचित सम्मान र न्याय दिन बाँकी छ। परिवर्तनका लागि भएको आन्दोलन र क्रान्तिका घाइते योद्धाहरुको शरीरबाट गोली र छर्रा निकाल्नै बाँकी छ, बल्झिइरहने घाउ निको पार्न बाँकी नै छ।

Ncell 2
Ncell 2
nimb
nimb

वेपत्ता व्यक्तिकी आमाको आँखामा हर साँझ पर्खिबस्ने अनुत्तरित प्रश्नहरुलाई संवोधन गर्न बाँकी नै छ। आन्दोलनमा अभिभावक गुमाएका बालबालिकाहरुको अन्यौलग्रस्त भविष्यलाई सुनिश्चित गर्न बाँकी नै छ। अब त देशमै रोजगारी पाइन्छ कि, अब त प्रवासिन पर्दैन कि भनेर देश फर्कने दिन गनेर बसेका लाखौँ लाख प्रवासीहरुको मनमा विश्वास भरिदिन बाँकी नै छ। नेताहरु भन्नुस् त– यी सबै कामहरु अधुरै छाडेर, मानौँ गन्तव्यमै पुगिसकियो, अब कुनै जोखिम छैन भनेर , कहिले पदका विवादमा त कहिले वरियताको किचलोमा, कहिले सोफा र कुर्चीको आकारमा त कहिले आसनको सेटिङको विवादमा अल्झिन हामीलाई छुट छ र? कुनै पनि निर्णय गर्नु पूर्व, एकचोटी झ्यालको पर्दा खोलेर बाहिर सडकमा दुःखको भारी बोकेर हिँडिरहेका नागरिकहरुलाई हेरेर , यी  प्रश्नहरुमा गहिरो गरी घोत्लिनु हुन अनुरोध गर्दछु।

नेता कमरेडहरु !
मुलुकमाथि वहुआयामिक सङ्कटहरु थपिँदै छन्। विश्वव्यापी रुपमै मडराइरहेको दक्षिणपन्थी आँधीहुरीले हाम्रो समाजवादी आन्दोलन र भविष्यमाथि चुनौती खडा गरिरहेको छ। हामीले नयाँ उचाइबाट राष्ट्रियताको आन्दोलन अगाडि बढाएका छौँ, यससँगै यसलाई कमजोर गर्ने, मुलुकमा पुनः अस्थिरता सिर्जना गर्ने, पानी धमिल्याएर माछा मार्ने प्रवृत्ति अझ बढी आक्रामक र हस्तक्षेपकारी हुने निश्चित छ। विभिन्न कारणले बढेको जनताका अपेक्षा र हाम्रो कार्यसम्पादनबीचको दूरीले सिर्जना गरेको असन्तुष्टिलाई संवोधन गर्न सकिएन भने त्यसले थपिदिने सङ्कट पनि हाम्रा सामु छ।

हाम्रो युगकै सबैभन्दा गंभीर स्वास्थ्य चुनौती र आर्थिक धक्का  बोकेर आएको कोरोना महामारीले निम्त्याउने वहुआयामिक सङ्कटको सामनाको तयारी गर्नु बाँकी नै छ। आँखै अगाडिका यी चुनौतीलाई नदेखे झैं आँखा चिम्लेर या केही होइन झैँ गरेर विषयान्तर गर्ने सुविधा हामीलाई छैन। कुनै पनि निर्णय गर्नु अगाडि सम्मुख मडारिरहेको सङ्कटलाई गंभीरतापूर्वक नियाल्नु र विचार गर्नु हुन अनुरोध गर्दछु।

नेता कमरेडहरु !
आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सामना गरिरहेको समस्या वैचारिक–राजनीतिक समस्या होइन, व्यवस्थापनको समस्या हो, त्यो पनि शीर्ष नेतृत्वको। पार्टीका सामु वैचारिक राजनीतिक समस्या छैनन् भन्ने होइन, तर नेतृत्वबीच उत्पन्न असमझदारीले हामीलाई त्यसबारे केन्द्रित हुन या त्यसमा प्रवेश गर्ने मौका पनि दिइरहेको छैन। हाम्रा बैठकहरु मुलुकका जल्दाबल्दा समस्याबाट बेखबर, बेपर्वाह या निरपेक्ष रहँदा जनताको खबरदारीको औँला हामीतिर सोझिने स्थिति बनिरहेको छ। अघिल्लो पुस्ताका नेताहरुप्रति उच्च सम्मान छ। तपाइँहरुले अगुवाइ गर्नुभएको योगदानको जगमै आजका उपलव्धीहरु उभिएका छन्।

पार्टी र राज्यका उच्च ओहदामा तपाइँहरुको अवस्थितिप्रति  सहमति छ। तर आफ्ना असमझदारीहरुको व्यवस्थापन गर्न नसकेर एकीकृत पार्टी विभाजनको दिशातिर गयो भने, राज्यको नेतृत्व गर्ने यो दुर्लभ अवसर हाम्रो हातबाट गुम्न पुग्यो भने हामीले इतिहासको कठघरामा उभिएर निकै निर्मम प्रश्नहरुको सामना गर्न र निर्मम फैसला स्वीकार गर्न वाध्य हुनु पर्ने छ। यसो भयो भने इतिहासले तपाईंहरुका सामु एउटा नैतिक प्रश्न खडा गर्नेछ, कतै हिजोको तपाईंहरुको बलिदान निश्चित स्वार्थ प्राप्तिका लागि मात्रै त थिएन?  कुनै पनि निर्णयमा पुग्नु पूर्व कमरेडहरुले एकचोटी आफू उभिएको धरातल, आन्दोलन र राष्ट्रको भविष्य र कमरेडहरुलाई विश्वास गरेर आफ्नो जिन्दगी होम्न तयार कार्यकर्ताको आँखासँग आँखा जुझाउनु हुन अनुरोध छ।

(ज्ञवालीले फेसबुकमा पोस्ट गरेको धारणा)

प्रकाशित मिति: शनिबार, साउन ३, २०७७  ०९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रदीप ज्ञवाली
लेखकबाट थप
नेता कमरेडलाई प्रदीप ज्ञवालीको आह्वान- धुरी खाँबो भाँचियो भने घरै भत्किन्छ
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्